चलचित्र ‘नाईं नभन्नू ल–५’को फस्ट लुक सार्वजनिक भएको छ । फस्ट लुक पोस्टरमा स्वस्तिमा खड्काले डेब्यु अभिनेता अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मा पनि अटाएका छन् । सेड्रिना शर्मा दमकका ब्यवसायी संगम शर्माकी छोरी हुन् । अनुभव रेग्मीसँग डेब्यु गरेकी कलाकार सेड्रिना शर्माकाे अहिले अभिनयकाे चर्चा चुलिएकाे छ । सधै अनुभवकाे जाेडी हुने कलाकारकाे अभिनयमाथि प्रश्न उठ्दै अाएकाेमा यसपटक भने अनुभव भन्दा राम्राे चर्चा चलेकाे छ सेड्रिना शर्माकाे । फेमली ड्रामा जानरामा बन्दै आएको ‘नाईं नभन्नू ल–५’ भदौ ८ गते रिलिज हुने भएको छ । दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ लगायतका कलाकारको चलचित्रमा अभिनय छ । चलचित्रलाई विकास आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेको चलचित्र छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।