पाँचथर । सेहोनाम्लाङ साहित्य समाज पाँचथरले प्रकाशनमा ल्याएको ‘सोहोनाम्लाङ’ द्धैमासिक पत्रिकाको सोमबार बिमोचन गरिएको छ । फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्बिसे पञ्चमी बजारमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अमर कुमार नेम्बाङले पत्रिकाको बिमोचन गरे ।

बिमोचन समारोहमा साहित्यकार सुरेन शिशिर केरुङ, मधुराज केरुङ, एल.बी.नेम्बाङ र कवि तथा पत्रकार सन्देश सुब्बाले पत्रिका माथि समिक्षात्मक टिप्पणी राख्दै निरन्तर प्र्रकाशनको शुभकामना दिएका थिए ।

इतिहास, बिचार, कला, साहित्य र संस्कृति लगायतका बिषयवस्तु समावेश गरिएको पत्रिका ४८ पुष्ठको रहेको छ । पत्रिकाको प्रकाशक क्षितिज बिरही र सम्पादक राज दिलाञ्जली रहेका छन् । बिमोचन समारोह सेहोनाम्लाङ साहित्य समाजका अध्यक्ष कान्छा बाजेको अध्यक्षतामा सम्पन्न भएको थियो ।