विराटनगर (ब्लाष्ट) विराटनगरमा रहेको मेरिल्याण्ड कलेज विराटनगरका पहिलो ब्याचका ७६ जना विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री (बीबीए) विषयमा दीक्षित भएका छन् । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेजले चार वर्ष अध्ययनपश्चात् विद्यार्थीहरुलाई विराटनगरमा एक भव्य कार्यक्रम आयोजना गरी दीक्षित गरेको हो । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए । समारोहमा उनले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे । इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका बताए । सो अवसरमा बेलायती विश्वविद्यालयका डा. गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीहरुमा कुनै भिन्नता नरहेको बताए । बेलायतको शिक्षा नेपाल मै पाएर दीक्षित हुन पाउनु गर्वको कुरा रहेको दीक्षित विद्यार्थीहरुले अनुभव साटे । ईनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा देशका विभिन्न शहरहरू काठमाडौ , पोखरा , इटहरी जस्तै विराटनगरमा पनि बिबिएमको कोर्स मेरिल्याण्ड कलेजले संचालन गरिरहेको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री (बिबिएम) सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज बिराटनगर ,इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं , इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन् ।