भद्रपुर/ नेपालको सवैभन्दा होचो भू– भागमा रहेको कचनकवल पर्यटकीय क्षेत्रलाई स्थानीय सरकारले अनुमानित १२ करोडको बजेट बनाएर दशवर्षे गुरुयोजना तयार पारि चासो देखाएका छन् । स्थानीय सरकारमा अधिकार नआएसम्म निश्चित पूर्वाधार नभएकाले सरकारको शून्य लगानीका कारण पछि परेको भू–भागलाई पछिल्लो समय स्थानीय सरकारले गुरुयोजना मार्फत चासो देखाएका हुन् ।

झापा सदरमुकाम चन्द्रगढीबाट अन्दाजी २५ किलोमीटर दक्षिणमा रहेको साविक केचना गाविस हाल कचनकवल गाउँपालिका ४ मा रहेको क्षेत्रमा कसैको ध्यान नपुगेकोले अन्य पर्यटकीय क्षेत्रको तुलनामा यो पछि परेको छ ।

भारतीय सिमाभन्दा पाँचसय मीटर उत्तर र समुन्द्र सतहबाट ५८ मीटर उचाईमा रहेको नेपालकै सवैभन्दा होचो ठाउँ कचनकवलले परिचित छ । होचो भू–भागमा पोखरीसहितको हिलोमा कछुवा बस्ने हुदाँ राजवंशी भाषमा कछुवालाइ ‘कचन’ परिभाषित भएकोले कछुवाको नामबाट कचनकवल नामाकरण भएको इतिहाँस छ । होचो पोखरीमा दलदल जस्तो देखिने ५ कठा ८ धुर जमिनलाइ घेरेर तात्कालिन राजा बीरेन्द्रले २०४४ पुस १६ गते कछुवाको आकृतिको जगमा २० फिट अग्लो स्तम्भ निर्माण गरेका थिए । पूरा बिवरण स्तम्भको जगको भागमा लेखिएको छ भने थप विवरण केन्द्रीय तथ्याङ्क विभाग झापा शाखा कार्यालयको डिष्ट्रिक प्रोफाइलमा समेत उल्लेख गरिएको छ ।

तीनदशकसम्म निश्कृय रहेको यो क्षेत्रलाई एकवर्ष अघि निर्वाचित भएर आएका जनप्रतिनिधिले स्तम्भ स्थलको बारेमा चासो देखाएका छन् । पर्यटकीय क्षेत्र कचनकवलको दशबर्षे गुरुयोजना बनिसकेकोले योजना बनाएर बजेट छुट्याएको गाउँपालिकाले जनाएको छ । यो क्षेत्र पर्यटकको लागि अतिनै महत्वपूर्ण भएकोले पर्यटक भित्र्याउनको लागि पर्यटकसँग गरिने व्यवहारको विषयमा ज्ञान नभएकोले स्थानीय युवाहरुलाइ तालिम दिएर पुनः आउने वातावरण सिर्जनाको लागि व्यवस्था शुरु गरेको गाउँपालिका प्रमुख अन्जार आलम बताउँछन् । गुरुयोजनामा होम स्टे, भ्यू टावर, पोखरीमा नाउ, विभिन्न प्रकारका आकर्षक पार्क बनाउने लगायतका

संरचनाको गुरुयोजनामा रहेको अध्यक्ष आलमले जनाए । मलटीफेरियस कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर काठमाण्डौलाई डिपीआरको लागि चारलाख रकम दिइएको आलमको भनाई छ । स्थानीय युवालाई नै परिचालन गरेर रोजगारीको भरपुर आनन्द दिलाउने लक्ष्य लिएर बढी भन्दा बढी पर्यटक भित्र्याउने कुरामा अगाडि बढेको उनले बताए ।

जनप्रतिनिधिले मात्र केही नहुने भएकोले विकासमा सवैको सहभागिता अनिवार्य रहेकोले एकजुट हुन गाउँवासीलाई उनले अनुरोध गरेको बताए । नेपालकै होचो भाग कचनकवलको मात्र नभएर नेपाल सरकारको सम्पत्ती भएकोले यसको संरक्षण र सम्बद्र्धन गर्न सरकार समक्ष अनुरोध गरेको उको भनाई छ । तात्कालिन राजा बीरेन्द्र शाहले घोषणा गरेको नेपालको होचो भू–भाग विकासको दृष्टिकोणले परिचित हुननसकेको स्थानीय करन राजवंशीले बताए ।

लाखौं रकम खर्च गरेर निर्माण गरिएको स्तम्भमा स्थानीय सरकारको पहल नदेखिएको उनले जनाए । त्यो क्षेत्रमा पुग्ने सडक ,बिजुलीको पूर्वाधार निर्माण अझैपनि भइनसक्नु र्दुभाग्य भएको उनको भनाई छ । आदिवासीको वाहुल्यता रहेको सो क्षेत्रमा उनिहरुले रुचाउने खाले संरचना निर्माण भएमा छोटो समयमानै यसको मुहारमा परिवर्तन आउने स्थानीयको बुझाई छ । नेपाल– भारतको सीमासँग जोडिएकोले भारतलाई समेत मध्यनजर गरी स्थानीय सरकार लागि परेमा विश्वसामु चिनाउन सजिलो हुने स्थानीय सुकलाल गणेश बताउँछन् । राष्ट्रिय स्तरसम्म पुर्याउन कचनकवलको बारेमा पाठ्यक्रममा नै समावेश गरिनु पर्ने गणेश भट्टराइले बताए । वर्तमान प्रधानमन्त्री केपी आलीको जन्मस्थल समेत भएकोले केन्द्रबाट ध्यान दिनु जरुरी रहेको भट्टराइको भनाई छ ।