रङ्गगेली । बडी बिल्डिङ क्लबका प्रशिक्षकलाई व्यवसायिक बनाउन मोरङमा ४ दिने तालिम शनिबारबाट शुरु भएको छ । प्रदेश १ मा साना–ठूला गरेर ३५ वटा क्लब सञ्चालनमा रहेको आयोजकले जानकारी दिएको छ । मोरङमा मात्र १७ वटा साना–ठूला फिटनेस क्लब सञ्चालनमा रहेका छन् । जसमा २५ लाखदेखि ५ करोडसम्म लगानी गरिएको बताइएको छ । यसरी लगानी भएको फिटनेस सेन्टरमा कोचको रूपमा काम गर्ने प्रमाण–पत्रसहितको तालिमप्रात कोच हुनुपर्ने आयोजकको धारणा छ । तालिममा ३० जनाको सहभागिता रहेको मोरङ बडी विल्डिङ एण्ड फिटनेस एसोसिएसनले जनाएको छ । तालिमको उद्घाटन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभाग प्रमुख रिम रानाभाट, नेपाल बडी विल्डिङ फिटनेसका राष्ट्रिय अध्यक्ष शिव लामिछाने, नेपाल बडी विल्डिङ फिटनेसका अन्तर्राष्ट्रिय अध्यक्ष लोकेन्द्र परियारलगायतको सहभागिता रहेको थियो ।