वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको चतरामा लाग्ने बोलबम मेलालाई लक्षित गर्दै सरसफाइ गरिएको छ । स्थानीय दीपशिखा डान्स सेन्टरले नगरपालिका को वडा नं. १ स्थित औलिया बाबा मठ परिषर तथा चतरा बस स्टेण्डमा शनिबार सरसफाइ गरेको हो । बिहान ७ बजे सेन्टरका डेढ दर्जन किशोरकिशोरी, सशस्त्र प्रहरी बल चतरा वेस क्याम्प, इलाका प्रहरी कार्यालय चतराका जवान, वराह युथ क्लबका युवायुवती र स्थानीयले मन्दिर वरपर सरसफाइ गरेका थिए । मेलामा फोटो प्रतियोगितासमेत गरिने उनले बताए । सरसफाइका लागि चतरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले ‘ग्लब्स’, ‘मास्क’ र पङ्खवती वचत तथा ऋण सहकारी संस्थाले ब्यानर सहयोग गरेको थियो । बोलबम मेलाका लागि वराहक्षेत्र नगरपालिकाको प्रमुख संयोजकत्वमा आर्थिक, शान्ति सुरक्षा, विद्युत, प्रचारप्रसार, सरसफाइ, बजार, यातायातलगायतका दर्जन समिति गठन गरिएको वडा १ का अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए ।