रङ्गगेली/ बढी बिल्डीङ्ग क्लवका प्रशिक्षलाई व्यवसायीक बनाउन मोरङमा ४ दिने तालीम शनिबारबाट सुरु भएको छ ।

प्रदेश १ मा साना ठूला गरेर ३५ वटा क्लव संचालनमा रहेको आयोजकले जानकारी दिएको छ । मोरङ्गमा मात्र १७ वटा साना ठूलो फिटनेस क्लब संचालनमा रहेका छन् ।

जसमा २५ लाख देखि ५ करोड सम्म लगानी गरिएको बताइएको छ । यसरी लगानि भएको फिटनेस सेन्टरमा कोचको रुपमा काम गर्ने प्रमाण पत्र सहितको तालिम प्रात कोच हुनु पर्ने आयोजकको धारणा छ ।

यस तालिममा ३० जनाको सहभागिता रहेको मोरङ बढी विल्डीङ्ग एण्ड फिटनेस एसोसिएसनले जनाएको छ । तालिमको उदघाटन कार्यक्रममा राष्ट्रिय खेलकुदका तालीम तथा पशिक्षण विभाग प्रमुख रिम रानाभाट,नेपाल बडीबिल्डीङ्ग फीटनेसका राष्ट्रिय अध्यक्ष शिव लामीछाने, नेपाल बडी बिल्डीङ्ग फीटनेसका अन्तराष्ट्रिय अध्यक्ष लोकेन्द्र परियार लगायतको सहभागिता रहेको थियो ।