मधुमल्ला/ स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई–चार पैसा कमाउन भन्दै विदेशिनेक्रम बढ्दो छ । तर उनीहरूमध्ये कमैले मात्र सोचेका हुन्छन् कि, मेहनत गर्दा स्वदेशमै पनि राम्रो संग रोजगारी सिर्जना हुन्छ भनेर ।

मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ सिलिलिङ, रमितेका अमृत बहादुर श्रेष्ठ (अरुण) ५ वर्ष अगि सुविधा सम्पन्न झापाको तोपगाछी मा २ बिघा जग्गा खरीद गरी स–परिवार बसाइसरी तरार्इ झरे । तराई आएपछि तराईको बढदो सेवा सुबिधा छोडेर पुुन गाउँ जाने सोच उनमा थिएन ।

तर तराई केही बर्ष गुजारे पछी उनको सोचमा परिवर्तन आयो । उनले आफ्नो बाल्यकाल बिताएका डाँडा पाखा र त्यतिकै बाझो परेको बारीमा केही गर्न सकिन्छ भन्ने अठोट निकाले र उनी पुख्यौली थलो तर्फ नै फर्कीने सोच बनाए ।

सोच त बन्यो तर गएर के गर्ने भन्ने योजना बनाउने क्रममा उनको ध्यान व्यवसायिक गाई पालन तर्फ केन्द्रीत भयो र उनी पुख्यौली थलो मिक्लाजुङ गाउँपालिकाको वडा नं. १ सिलिलिङ तर्फ लागे ।

प्रशस्त मात्रा बारी भएको र गाईका लागि डाले तथा कान्ले घाँस समेत उत्पादन हुने भएकाले त्यहाँ गाई पालन गर्नका लागि गोठ निर्माण गर्न लागि परे । बाह्रैमास न गर्मी न जाडो सधैं सादाबाहार र चिसो मौसम भइरहने मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा नं.१ सिलिलिङ हावा पानी र मौषमका दृष्ठीले समेत उपयुक्त छ ।

गोठ निर्माण संगै श्रेष्ठले आफ्नो गोठमा १० ओटा स्थानीय र उन्नत जातका गाई खरीद गरे । अहिलेसम्म श्रेष्ठको भैरब भिमसेन कृषी फार्ममा झन्डै २० लाख लगानी भइसकेको छ । उनले सुरुमा आफैंले १० लाख लगानी गरे र बहुमुखी सहकारी संस्था दमक बाट धितो राखेर १५ लाख ऋण लिई फार्ममा बाखा्र खरीद गरे । उनको खोरमा अहिले ३० माउ बाख्रा रहेका छन । धेरै जासो उन्नत जातका जमुनापारी र केही लोकल गरी ३० माउ बाख्रा छन भने ति ३० माउका पाठ–पाठी २७ वटा रहेका छन । उनले केही समय अघी मात्रा एकलाख ५० हजारका पठापाठी बिक्रगरेको बताए उनि भन्छन् मेहेनत गरे यहाँ पनि केही हुँदो रहेछ । पहिले केही हुन्न भनेको पाखा बारीमा नै प्रसस्त आम्दानी हुन थालेपछी अहिले श्रेष्ठ मख्ख छन ।

२०७४ बाट फार्म सञ्चालन ससुरु गरेका श्रेष्ठल अहिले सरदर कम्तीमा ३० हाजार खर्च कटाएर आम्दानी गर्दै आएका छन । भने स्थानीय दुई जनालाई रोजगारी समेत दीएका छन । उनको फार्मम अहिले दैनिक ६०–७० लिटर दुध उत्पादन हुदैआएको उनको फार्ममा स्थानीय १० घर परिवारका छिमेकीहरुको समेत दुध खरीद गरी घिउ र छुर्पी उत्पादन गर्दै आएका छन दुधनै बिक्री नहुने ठाउँमा दुध बिक्रि हुन थालेपाछी स्थानीय समेत उत्साहित भएर गाई तथा भैसी पालन गर्न लागी परेको स्यानीय मनोज श्रेष्ठले बताए उनको गोठमा हाल ५ वटा गाई रहेका छन ।

तराईबाट फर्किएपछि सुगम भनिने मोरङ जिल्लाको पहाडी गाउँमा गाईपालन थालनी हुँदै गर्दा आफू व्यावसायिक गाईपालनबारे जानकारी लिन इलाम, झापा र मोरङका केही भुभाग पुगेको पनि श्रेष्ठले सुनाए । गाईपालनबाट मनग्य आम्दानी लिन सकिने थाहा पाएपछि श्रेष्ठ त्यसतर्फ गएका थिए । ‘विदेशमा धेरै मेहनत गर्नुपर्छ,’ भन्ने सुनेका श्रेष्ठ आफुमा कहिले बिदेश जाने सोच नआएको र बिदेसीन चाहानेहरुलाई समेत बिदेश नजान सल्लाहा दिन्छन । ‘घरपरिवारबाट अलग्गिएर चर्को घाममा ज्यानको माया मारी काम गर्न भन्दा यही केही गर्नु उपयोगी हुने उनको भनाइ छ ।’