बिर्तामोड/ नागरिक समाजले झापामा मापदण्ड पूरा गरेका इन्जिनियरिङ तथा मेडिकल कलेजलाई सम्बन्धन दिन सरकार समक्ष आग्रह गरेको छ ।

नेपाली बिद्यार्थीहरु कन्सल्टेन्सीमार्फत विभिन्न मुलुकमा अध्ययनका लागि जानु पर्ने बाध्यता रहेको समाजको धारणा छ । समाजले अध्ययनका नाममा विदेशिने रकम आफ्नै देशभित्र रोक्ने भएकाले मापदण्ड पूरा गरेका प्राविधिक शिक्षण संस्थालाई सम्वन्धन दिनु पर्नेमा जोड दिएको हो ।

नागरिक समाजले शनिवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्त्क्रिया कार्यक्रमको आयोजना गरी बिर्तामोडमा भौतिक संरचना पूर्ण भएको एक इििन्जनियरिङ कलेजसहित विएण्डसी हस्पिटललाई सम्वन्धन दिन आग्रह गरेको छ ।

देश संघीयताको मोडलमा गइसकेको अवगत गराउँदै समाजले बिकेन्द्रिकरणसँगै काठमाण्डौ केन्द्रित हरेक संरचनाहरु देशका बिभिन्न स्थानमा स्थानान्तरण भइसकेकाले कुनै पनि शिक्षण संस्थालाई सम्वन्धन दिनबाट रोक्न नहुने कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘पछिल्लो समय मेडिकल कलेजको सम्बन्धनका बिषयमा भइरहेको ‘चिकित्सा शिक्षा बिधेयक’ राष्ट्रको बहसको रुपमा चलेकोप्रति नागरिक समाज झापाको ध्यानाकर्षण भएको छ । भौगोलिक दृष्टिकोणले कहाँ, कुन स्थानमा मेडिकल कलेजको सम्बन्धन दिने भन्ने बिषय नितान्त राज्यको हो । राज्यले बिज्ञको टोली निर्माण गरेर यसको समाधान खोज्नुपर्ने अहिलेको आवश्यकता हो ।’

बिर्तामोडमा निजी लगानीमा १० बर्ष अघि इन्जिनियरीङ कलेजको लागि भौतिक संरचना निर्माण भएको थियो । राज्यको प्रचलित कानुनका कारण त्यसले सम्बन्धन पाउँन नसक्दा अहिले त्यो संरचना खण्डहरका रुपमा परिणत हुन थालेको समाजले जानकारी दिएको छ ।

यसैगरी बिएण्डसी हस्पिटलले पनि सरकारको तत्कालिन मापदण्ड पुरा गरेर भौतिक संरचना निर्माण गरेकाले केही ब्यक्ति वा समुहको उक्साहटमा सम्बन्धन नदिएर खण्डहर बनाउने तत्व सलबलाइरहेको विज्ञप्तीमा उल्लेख छ । समाजले निजी स्तरबाट वा राज्यबाट झापामा निर्माण भएका यस्ता संरचनाको संरक्षण गर्नु पर्नेमा जोड दिएको छ । झापावासीले यसको सही उपयोग गर्न पाउनुपर्ने समाजले जोडदार माग गरेको छ ।

समाजका अध्यक्ष कुवेर श्रेष्ठ(अरुण) को अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, विएण्डसी हस्पिटललाई सम्वन्धन दिनु पर्ने भनि गत बर्ष ११ दिन आमरण अनसन बस्ने चैतन्य मैनालीलगायतले बिर्तामोडमा शिक्षणसंस्थाको आवश्यकताका बारेमा बोलेका थिए ।