धरान । उपचारको क्रममा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल लगायत मुख्यमन्त्री शेरधन राई र प्रदेश मन्त्रीहरुले समेत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शनिबार धरान–१२ स्थित पब्लिक स्कुलको मैदानमा श्रद्धाञ्जलीका लागी राखीएको सुब्बाको पार्थिक शरिरमाथि श्रद्धाञ्जली अर्पण गर्न धरानका जनताको ठूलो भिड लागेको छ । ९ बजेदेखि उपमहानगरपालिकामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो भने १२ बजेपछि पब्लीक स्कुलको खेल मैदानमा राखिएको छ ।