पानवारी । धरान फुटबल फ्यान क्लबको आयोजनामा १० दिने रियो समर फुटबल क्याम्प हुने भएको छ ।

गर्मि विदालाई लक्षित गरेर धरानका एक सय ५० विद्यार्थीलाई क्याम्पमा सहभागी गराइने आयोजक धरान फुटबल फ्यान क्लबका अध्यक्ष असोक राईले बताए । शुक्रबार क्याम्पबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले समर क्याम्पमा कम्तिमा ५५ जना छात्रा सहित १ सय ५० विद्यार्थीलाई सहभागी गराइने बताए । ट्रेनिङ क्याम्प धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १ नं. मैदानमा साउन ६ गतेदेखि सुरु भई १५ गते सम्पन्न हुनेछ ।

प्रशिक्षक भगवती राना मगरले विद्यार्थीको प्रतिभा पहिचान गरी वर्गिकरण गरेर प्रशिक्षण दिइने बताइन् । उनका अनुसार विद्यार्थीको विभिन्न समुह बनाएर प्रशिक्षण दिदा प्रभावकारी हुने तथा विद्यार्थीले आफुलाई चाडो फर्ममा ल्याउन सजिलो हुन्छ । ट्रेनिङ क्याम्पमा एएफसी प्रशिक्षकहरु भगवती रानाम गर, सुवास केसी राजन मगर त्यस्तै पूर्व राट्रिय खेलाडी हेम गुरुङ र विनय श्रेष्ठले प्रशिक्षण दिने बताइएको छ ।