श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ श्रावण ४ गते शुक्रबार, २० जुलाई २०१८ । आषाढ शुक्लपक्षको अष्टमी तिथि १७ः४२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र चित्रा १३ः१४ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः५८ मा हुनेछ ।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

समय उत्तमखालको छ । जागिरमा बुबा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) सुन–चादी तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । अतिथि सेवामा संलग्न भइएला ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) कृषि तथा पशुचौपायादिको व्यापार व्यवसायमा विशेष लाभ मिल्ला । महिला मित्रको सहयोग प्राप्त भइरहला ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) समय उत्तमखालको छ । खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । शुभसमाचारले मन प्रसन्न रहला ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) मुद्दा–मामिलामा तपाईंको विजय होला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ । बोल्दा बडो विचार पुर्याउनु होला ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) गरिराखेको कार्य व्यवसायबाट मन अघाउन सक्छ । विश्वासपात्रबाट धोका होला । मन चिन्तित रहला ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । अवरुद्ध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) समय उत्तमखालको छ । कार्य–व्यवसायमा रुचि बढ्नेछ । खाद्यान्नको व्यापारमा विशेष लाभ मिल्ने देखिन्छ ।।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) रमाइलो यात्रामा सरिक भइएला । धार्मिक एवम् राजनैतिक क्षेत्रमा तपाईंको विशेष स्थान रहला ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) धातु तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । माया– प्रेमको सम्बन्ध विस्तार हुनेछ ।