पथरी । लेटाङ नगरपालिका भित्रको ४२ जना प्रतिस्पर्धीलाई पछि पार्दै लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ–९ की १८ बर्षीया खतिवडा बुधबार राती लेटाङको ग्रीन पिस पार्टी प्यालेसमा भएको फाइनल राउण्डमा उपाधिको ताजपहिरेकी थिइन । उनीले उपाधि सगै निहारिका कलेज बिराटनगरबाट १ लाख ४० हजार बराबरका छात्रवृति र ज्योती लाइफ इन्स्योरेन्सबाट पाँच लाख रुपैयाँ बराबरको जीवन विमा पाइन् । त्यसैगरी उनीले लर्ड बुद्ध र एभरेष्ट उमाबि विराटनगरबाट पनि छात्रवृतिल पाइन् । प्रतियोगितामा फष्ट रनरअप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले पनि विभिन्न आकर्षक पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको फाइनल राउण्डमा नायिका सञ्चिता लुईटेल, गायक दिपक वराईली, म्यान हन्ट इन्टरनेशनलका साजिद आलम, कोरियोग्राफर आश्विनकान्त झा लगायत निर्णायक रहेका थिए । लेटाङ लायन्स क्लबको आयोजनामा भएको प्रतियोगितामा लेटाङकी जुनु लिम्बू, सृष्टि लामा, शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, कृतिका कट्टेल, सुनईना कार्की, विविका लिम्बू, लबिसा श्रेष्ठ, यूनिसा निरौला, प्रिंयका रानामगर, नम्रता चाम्लिङ राई, हाङमा लावती, निता लुङ्गेली मगर, जानुका मगर, अनिशा तामाङ, लिजा सुवेदी, सुष्मा निरौला, अस्मिता लुईटेल, विपिना राई, मनिला साम्पाङ राई, दर्शना न्यौपाने, प्रजिसा ढकाल, आस्था राई, अस्मिता लिम्बू, बन्दना लिम्बू, सुजाता खतिवडा, नाईशा दियाली, रुपा थापा, श्रेया लिम्बू, फुङ्मा वजी, मुना मल्ल, प्रतिशा बुढाथोकी, सुनिता राई, साइन्द्रा बान्तावा राई, संगम राई, क्यामा लामा, दिपा लिम्बू र सुनिता भट्टराई सहभागी थिए । किशोरीहरुको क्षमता विकास र अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा मिसेस नेपालकी उपविजेता तथा लेटाङ लायन्स क्लबका शान्ति पाख्रिनले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, जीवनशैली, कला संस्कृति, उद्घोषण, क्याटवाक, अवलोकन भ्रमणलगायतका बारेमा प्रशिक्षण दिएकी थिइन् । प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।