पाँचथर । गाउँपालिकाले गर्दै आएको योजनाको बिषयमा सुचना नपाएको भन्दै बिभिन्न राजनितिकदलका प्रतिनिधि र सरोकारवालाहरु कुम्मायक गाउँपालिकामा पुगेका छन् ।

शुक्रबार गाउँपालिकाको कार्यालयमा पुगेर उनिहरुले आर्थिक बर्ष २०७४/७५ मा भईरहेका योजनाको बिषयमा आफुहरुले सुचना नपाएको भन्दै गुनासो गरेका छन् । नेपालको संविधान २०६४ को उपधारा ६ मा सुचना लिन र दिन पाउँने संवैधानिक ब्याबस्था छ ।

तर त्यो अधिकारबाट बञ्चित भएको भन्दै उनिहरुले तीनदिन भित्रमा सुचना उपलब्ध गराउँन गाउँपालिका समक्ष निबेदन पेस गरेका छन् । उनिहरुले गाउँपालिकाको भौतिक पुर्वाधारको क्षेत्रमा के, कसरी काम सञ्चालन भईरहेको छ भन्ने बिषयमा सुचना उपलब्ध गराउँन गाउँपालिका समक्ष आग्रह गरेका हुन । जवाफमा निबेदन बुझ्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले नागरिको सुचना पाउँने नैसगिक अधिकारलाई कुन्ठीत नगरेको बताएका छन ।

गाउँपालिकाबाट नागरिकले पाउने सुचनालाई चुस्त दुरुस्त बनाउनको लागि आफुले कुनै कसर बाँकी नराखेको बताउँदै उनले भने, गाउँपालिकाबाट केही योजनामा कमी कम्जोरी भए त्यसलाई पनि सुधार गर्दै जान्छै यसमा सबैले साथ दिनुपर्छ ।

गाउँपालिकाको सुचना माग गर्नको लागि नेपाली काङग्रेस, संघिय समाजबादी फोरम नेपाल , राष्ट्रिय प्रजातन्त्र पाटी र राप्रपा प्रजातान्त्रिक लगायतका राजनितिक दलका प्रतिनिधिहरु पुगेका थिए ।