कदमाहा । सप्तरी सुरुगा नगरपालिकाका विभिन्न वडाहरुमा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणा सुनिश्चितताका लागि संयुक्त रुपमा स्थलगत अनुगमन कार्यक्रम सम्पन भएको छ । हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा मुलनाराका गत बैशाख देखी विद्यालयमा भर्ना गराएर शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणा कार्यक्रमको लागि नगर प्रमुख मुक्तीनाथ चौधरीको अगुवाईमा जिल्ला शिक्षा अधिकारी सहितको प्रतिनिधी सहभागितामा उक्त कार्यक्रम गरेको समाजिक विकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीले जानकारी गराउनु भएको छ ।

स्थलगत अनुगमन कार्यक्रममा नगर प्रमुख मुक्तीनाथ चौधरी, शिक्षा विकास समन्वय ईकाई सप्तरीको ईकाई प्रमुख शंकरराज लुईटेल, सेभ द चिल्डेनका बरिष्ठ कार्यक्रम संयोजक खिलाराज निरौला, परियोजना संयोजक देव बिलास यादव, पुर्व शिक्षा अधिकारी एंव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चु लाल चौधरी, सवल नेपालको उपाध्यक्ष भुपेश कुमार साह नगर शिक्षा अधिकारी हिरा लाल राना, शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र कुमार लगायतका प्रतिनिधीहरुले सुरुगा नगरपालिका वार्ड नं. १को मुसहर र मगर बस्ती, २ को हर्दिया मुसहर बस्ती, राम वस्ती, पासवान बस्ती, वार्ड न ३ भुसी महुलियामा रहेको दलित बस्ती र वार्ड नं.४को दलित बस्तीहरु र विद्यालयहरुमा समेत स्थलगत अनुगमन गरि विद्यालय जाने (३देखी१२) वर्ष समुहका कुनै पनी बालबालिकाहरु विद्यालय बाहिर नरहेको समेत अनुगमनबाट देखिएको ईकाई प्रमुख शंकरराज लुईटेलले समिक्षा बैठकबाट जानकारी गराउनु भएको हो ।

सवल नेपाल सप्तरी, सेभ द चिल्डेन र सुरुगा नगरपालिकाको समझदारीमा संचालित स्पोन्सरशीप कार्यक्रम अन्तरगत शत प्रतिशत विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराउनका लागि चरणबद्ध रुपमा विद्यार्थी भर्ना रयाली, घरदैलो भर्ना अभियान, पुनः घरमा गई भेटघाट गरी भर्ना, गराउनको कार्यसमेत गरेको र पछिल्लो समयमा नगरक्षेत्र भित्रमा रहेका जम्मा ३१ वटै सामुदायिक विद्यालयका शिक्षक र प्रध्यानाध्यापकहरु समेतले शतप्रतिशत भर्ना कार्यक्रमको लागि तयारी गरेको कार्यक्रम सुपरभाईजर राधेश्याम रामले जानकारी दिनु भयो ।