पानवारी/ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा सरिक भएपछि विपिमा आकष्मिक बाहेकका सेवा ठप्प भएका छन् ।

डा. गोविन्द केसी चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरी प्रतिस्थापन विधेयक ल्याउन खोजेको भन्दै केसी १९ दिनदेखि जुम्लामा अनसनरत छन् । केसीको जीवन रक्षाको माग गर्दाै विपि प्रतिष्ठान स्थित जुनियर रेसिडेन्सीयल वेलफेयर सोसाइटी आन्दोलनमा उत्रिएको छ । सोसाइटीले केसीका जायज मागहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारले केसीको मागलाई खिल्ली उठाएको बताएको छ । सोसाइटीका अध्यक्ष जीवनाथ धमलाले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सरकारले व्यापार गर्न खोजेको बताएका छन् ।

एनका अनुसार केसीले अनसन नतोडेसम्म आकष्मिक बाहेकका सबै सेवाहरुमा संलग्न हुदैनौं । चिकित्सकको आन्दोलनको कारण विपिमा उपचारका लागी आएका विरामी भने मारमा परेका छन् ।

केसीले सरकारले ल्याउन लागेको प्रतिस्थापन विधेयकले काठमाडौमा १० वर्ष मेडिकल कलेज खोल्न नदिने प्रावधान हटाउन लागेको छ ।