रंगेली । तलव नपाएको भन्दै गत सोमबारदेखि समता स्कुलमा लागेको तालाबन्दी कायमै रहेको छ । मासिक सय रुपैयामा विद्यार्थी पढाउने गरि विराटनगर १ पोखरीयामा विद्यालय खुले पनि शिक्षकहरु ८ महिनादेखि तलवविहीन छन् । त्यहाँ कार्यरत २० जना शिक्षकले स्कुलमा तालाबन्दी तथा शिक्षण बहिस्कार गरेका छन् । उनिहरुले सम्पुर्ण शिक्षकहरुको तलब बापतको १० लाख भुक्तानी नगरे सम्म आन्दोलन जारी रहने बताएका छन् । स्कुल प्रशासनले शिक्षकहरुले तालाबन्दी गरेको भए पनि अहिले गर्मी विदाको कारण विद्यालय बन्द रहेको जनाएको छ । स्कुलका प्रिन्सिपल विकास गुरुङले आउने शनिबार सम्म स्कुल गर्मि विदा दिएकोले बन्द रहेको बताएका हुन । ‘केन्द्रबाट सरहरु अउदै हुनुहुन्छ,हामी मिटीङ राखेर चाडै समस्याको समाधन गर्नेछौ’ गुरुङले भने । गर्मि विदा सकिनु आगवै विद्यालय संचालनको बातावरण बन्ने उनको भनाइ छ । अफुहरु सँग स्कुल प्रसानले कुनै पनि कुरा नगरेकोले आन्दोलन कायम रहेको शिक्षक होम दंगालले बताए । स्कुलले अविभावकहरुलाई सान्त्वना दिने गर्मि विदा भनेको भएपनी आफुहरुलाई यस विषयमा स्कुलले कुनै जानकारी नगारएको बताए । ‘आइतबार सम्म पर्खने हामी शिक्षकहरु विचमा सहमति भएकोले विद्यालय पनि गएका छैनौ’(शिक्षक दंगालले भने । आइतबार सम्ममा माग सम्बोधन नभए त्यस पछि थप कार्यक्रम बनाएर आगडी बढने उनले बताए । स्कुल प्रशासन सँग छलफलको विषयमा कुनै कुरा नभएको अर्का शिक्षक रघु गुरागाइले बताए । विद्यालयले शिक्षकहरुको मागलाई व्यवस्था गरेर विद्यार्थीहरुको पढाइमा असर नपार्न समेत उनले आग्रह गरे । शिक्षकहरुले तालाबन्दि गर्दा विद्यालयका २ सय ७० विद्यार्थिहरुको पढाइमा असर पर्ने भएको छ । सो विद्यालयमा १० कक्षा सम्म पठन पाठन हुदै आएको छ । विपन्न समुदायका विद्यार्थीहरुलाई मासिक सय रुपैमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले संचालन भएको विद्यालय आर्थिक संकटको समान गरिरहनु परेको प्रिन्सिपल गुरुङले बताएका छन् । विद्यालयमा विद्यार्थीको संख्यकम हुदा विद्यालयलाई आर्थिक भार बढी परेकोले यस्तो अवस्थाको सृजना भएको उनको भनाइ छ । पछिल्लो समयमा स्कुुलको आन्तरीक कारणले पठन पाठन पनि राम्रो हुन छाडेको भन्दै अविभावकहरुले छोराछोरी अन्यत्रै लान थालेका छन् ।