रंगेली । नेपाली काग्रेसका नेता शेखर कोइरालाले न्ययलय खतरामा परेको बताएका छन । बुधबार विराटनगरमा विराटेश्वर बृद्ध आश्रमलाई भवन हस्तान्तरण कार्यक्रममा नेता कोइरालाले पञ्चायत र राजको कालमा पनि सर्बोच्च अदालत यति निरिह नहरको भन्दै उनले यसको कारण लोकतन्त्र समेत जोखिमा परेको बताए । नेता कोइरालाले ‘मै हो सरकार’,‘मैहो राज्य’ भन्ने सोचका कारणले सरकार विस्तारै(विस्तारै सर्वसत्तावाद हुदै अधिनायकवाद तिर ढल्कन खोजेको आरोप लागाए । मइतिघर मण्डलाले के दुख दिएको थियो ? प्रश्न गर्दै उनले सरकारलाई भने ‘ नागरिक स्वतन्त्रतालाई पनि कुण्ठीत गर्ने प्रयास गरिरहनु भएको छ’ उनले भने ‘लोकतन्त्र र प्रजातन्त्र बचाउने जिम्मा हाम्रो काधमा आएको छ,सबै तयार हुनु होस ।’ उनले अहिले काग्रेस विभाजित मनस्थितिबाट आगडी बढेकोले त्यसले कहि पनि नपुगीने भन्दै विधानसम्बध आगडी बढन आग्रह गरे । भवन हस्तान्तरण कार्यक्रममा नेपाली काग्रेसका संघिय तथा प्रदेश सांसद एवं पार्टी पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।