जिरोपोइन्ट । धरान बास्केटबल संघले बुधबारबाट दोश्रो समर बास्केटबल तालिम क्याम्प शुरू गरेको छ । धरान–१८ स्थित डिपो स्कुलको बास्केटबल कोर्टमा तीनसातासम्म क्याम्प सञ्चालन हुने छ । क्याम्पको धरान–१८ का वडाध्यक्ष प्रविण राईले उद्घाटन गरे । क्याम्पमा धरानका १८ विद्यालयका ९० विद्यार्थी सहभागी छन् । विद्यार्थीहरूको गर्मीको विदालाई लक्षित गर्दै क्याम्प शुरू गरिएको प्रशिक्षक विकास चाम्लिङले बताए । तालिममा प्रशिक्षक चाम्लिङ, प्रशिक्षक हेमन राई, रोसन राई, चिरञ्जिवि गिरी,उज्वल राई र विराज लिम्बु रहेका छन् । शरीर र दिमाग दुबैलाई स्वास्थ्य राख्नका लागी खेलकुदको आवश्यकता रहेको वडाध्यक्ष प्रविण राईले बताए । निरन्तरताका लागि वडाले सक्दो सहयोग गर्ने बताए । यसक्रममा दिवगंत भएका धरान नगर प्रमुख तारा सुब्बाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सोमबारबाट शुरु हुने तयारी भए पनि प्रमुख सुब्बाको स्वास्थ्य स्थिति खराब भएपछि कार्यक्रम सारिएको आयोजकले जनाएको छ । कार्यक्रममा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, धरान बास्केटबल संघका संस्थापक अध्यक्ष सुजनमान श्रेष्ठ, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, उपाध्यक्ष नवीन राईलगायतको उपस्थिति रहेको थियो ।