दक्षिण अफ्रीकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको १००औं जन्म जयन्तीमा आज जातीय तथा वर्गीय आन्दोलनका नायकका रुपमा पुरै विश्वले उनलाई सम्झेको छ । दफ्रीकाको उम्टाटा जिल्लाको म्वेजो नामक एउटा सानो गाउँमा १९१८ जुलाई १८मा जन्मेका मण्डेला थेम्बु जनताका राजाका नाति थिए । आमा इक्जिबा जातकी र बुबा इनकोशी जातका हुनाले त्यहाँको समुदायले उनलार्इ भने राजा स्विकार गर्दैनथौ ।

उनकाे  परिवारकाै पहिलो व्यक्ति थिए जसले स्कूल पढ्न पाएका थिए । विद्यालयमा  उनकी शिक्षिका  उनलाई अङ्ग्रेजी नाम “नेल्सन” दिए पश्चात  उनकाे वस्तिवकनाम रोलिह्लाह्ला मण्डेला बाट नेल्सन मण्डेला रहन पुगेकाे थियाे ।

विद्यार्थी छँदा उनी स्टुडेन्ट्स रिप्रेजेन्टेटिभ काउनसिल (एस.आर.सी.) नामक विश्वविद्यालयीय नीति विरुद्धको संगठनम आबद्ध भएर राजनैतिक जिवन सुरू गरेका मण्डेला  अफ्रिकन राष्ट्रिय कांग्रेसका नेता हुन।

आफ्नो जीवनको २७ वर्षको उमेरदेखि ४५ वर्षको उमेरसम्मको अवधि मण्डेलाले जेलमा बिताएका थिए । जेलमा हुँदा उनी दक्षिण अफ्रिकाका प्रख्यान अश्वेत नेताका रुपमा सबैमाझ चिनिएका थिए । उनले जेलभित्रै बसेर उनले  कानुनशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेकाथिए ।

 ६ जना छोराछोरी तथा बीस जना नातीनातिनाका धनि  मण्डेलाको तीन पटक विवाह भएकाे थियाे ।

 उनको स्वतन्त्रताको यात्रामा दक्षिण अफ्रिकाको विभेदविरुद्धको आन्दोलनका क्रममा उनले महात्मा गान्धी  विधिहरुलाई अपनाएर आफ्नो आन्दोलनलाई सफल तुल्याएका थिए ।

 सशस्त्र संघर्षलाई उनले भनेका छन्, वर्षौंसम्म मुलुक पछाडि पर्नु र हिंसा फैलिनुले उनलाई विश्वास दिलायो कि वर्षौंसम्मको अहिंसात्मक आन्दोलनले अफ्रिकी मुलुकको जातीय द्वन्द्वलाई चर्काउने काम मात्रै गर्यो ।

 दक्षिण अफ्रिकामा पहिलोपटक २७ अप्रिल, सन् १९९४ मा पूर्ण नागरिक अधिकार सहितको बहुजातीय चुनाव भएको थियो । जसमा अफ्रिकन राष्ट्रिय कांग्रेस ६२% मतका साथ विजयी भएको थियो ।

उक्त अफ्रिकन राष्ट्रिय कांग्रेसको नेता मण्डेलाले पहिलोपटक काला जातीहरुको प्रतिनिधित्व गर्दै १० मे, सन् १९९४ मा राष्ट्रिय एकताको सरकार गठन गरे ।

प्रथम अश्वेत राष्ट्रपतिका रुपमा सन् १९९४ को मे देखि १९९९ को जुन महिनासम्म मण्डेलाले साना तथा काला जातीको जीतका रुपमा दक्षिण अफ्रिकामा नयाँ दिन ल्याइदिएकोमा अन्तर्राष्ट्रिय स्तरको सम्मान पाउनुका साथै उनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेलमिलापको बाटोहरु खुलेकाे थियाे ।

सन् २००९ मा संयुक्त राष्ट्रसंघको साधारण सम्मेलनले मण्डेलाको जन्मदिन १८ जुलाईलाई स्वतन्त्रताका लागि उनले गरेका कामका लागि सम्बोधन गर्दै र कदर गर्दै “मण्डेला दिवस” घोषणा गरेको छ जुन संसार भरिकाे  लेकतन्त्र, स्वतन्त्रतन, शान्ति र मानव अधिकारका लागि दक्षिण अफ्रकी नेता मण्डलाकाे याेगदानमा अाधारित छ ।

विश्व रगंभेदि तथा मानव स्वतन्त्रता अान्दाेलनका अभियानता मण्डलाले सन् २००४ को जुनमा पचासी वर्षको उमेरमा सार्वजनिक जिवनबाट अवकाश लिने घोषणा गरेका थिए ।

उनकाे मृत्यु डिसेम्बर ५, २०१३ मा दक्षिण अफ्रिकाकाे जोहानेसबर्ग  फाेक्साेमा भएकाे इन्फेक्सनका कारण भएकाे थियाे । उनले सामाजिक न्यायका लागि आफ्नो जीवनका महत्त्वपूर्ण पलहरु खर्चेका छन् ।   स्राेत : विकिपिडिया, हिस्ट्री, विविसि