बिर्तामो ।  झापाको बिर्तामोडमा आयोजित एक अन्तक्रियामा सहभागि वक्ताले कसैको दवाबमा परेर शिक्षण अनुमति रोक्न नहुने धारणा राखेका छन् । झापा नागरिक समाजले बिर्तामोडमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सहभागि वक्ताले दक्ष जनशक्ति उत्पादनमा सम्झौता नगर्न सरकारसँग अनुरोध गरेका हुन् ।

सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा दक्ष जनशक्ति आवश्यक पर्ने धारणा सहभागिहरुको थियो । उनीहरुले कन्सलटेन्सी सञ्चालक तथा बिदेशी युनिभर्सिटीको उक्साहटमा आन्दोलन गर्ने जो कोही भएपनि त्यसको दवाबमा शिक्षण अनुमतिपत्र दिन रोक्न नहुने धारणा राखेका थिए । भेलामा उपस्थित सम्पुर्ण राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले सरकारले माथेमा आयोगको प्रतिवेदन संसोधन गरेर भएपनि शिक्षण अनुमतिपत्र दिनुपर्ने बताएका थिए ।

बिर्तामोडमा इन्जिनियरीङ कलेज तथा मेडिकल कलेजको सम्बन्धन प्राप्त गर्नका लागि दुइवटा संरचना तयार भएका छन् । बिर्तामोडको बसपार्कमा रहेको इन्जिनियरीङ कलेजको भवन निर्माण भएको १० बर्ष बितिसकेको छ । तर, सम्बन्धन नपाएपछि त्यो संरचना खण्डहरमा परिणत हुन थालेको छ ।

यसैगरी बीएण्डसी हस्पिटलले पनि मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड बमोजिमका संरचना निर्माण गरेको बताएको छङ कलेजको भवन निर्माण भएको १० बर्ष बितिसकेको छ । तर, सम्बन्धन नपाएपछि त्यो संरचना खण्डहरमा परिणत हुन थालेको छ । यसैगरी बीएण्डसी हस्पिटलले पनि मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड बमोजिमका संरचना निर्माण गरेको बताएको छ । तर, त्यो हस्पिटलले पनि एकजना डाक्टर गोविन्द केसीको अनसन लगायतका बिरोधका कारण सम्बन्धन पाउँन नसकेको हो ।

सामाजिक अभियन्ता चैतन्यप्रकाश मैनालीले बिएण्डसी हस्पिटललाई सम्बन्धन दिनबाट रोक्न नहुने बताए । उनले एकजनाको हठका कारण ३ करोड नागरिकको शिक्षा पाउने अधिकारमाथी रोक लगाउन नहुने धारणा राखेका थिए । नागरिक समाज झापाका सदस्य माधब कल्पितले मेडिकल र इन्जिनियरिङ कलेजको आवश्यकताबारे जनस्तरमा बहस गर्न जरुरी रहेको बताए । सुनचाँदी ब्यवसायी राजु धमलाले कुनैपनि हालतमा शिक्षण अनमतिपत्र प्रदान गर्नुपर्ने बताए ।

अभियन्ता बिदुर तिवारीले शिक्षण अनसमति प्राप्त गर्ने बिषयलाई आन्दोलनको रुपमा लैजानुपर्ने बताए । कन्सलटेन्सी ब्यवसायी तथा नेपाली काङग्रेसका स्थानीय नेता सुमन शर्माले बिर्तामोडमा कलेज आवश्यक रहेको बताए । उनले कलेजको अभावमा नेपाली बिद्यार्थी बिदेश गएर अध्ययन गर्नुपर्ने बाध्यता रहेको धारणा राखे । नेपाली काङग्रेसकै स्थानीय नेता तथा ब्यवसायी बिरु दरनालले राजधानी बाहिर शिक्षण अनुमति दिन रोक्न नहुने बताए ।

बिर्तामोड नगरपालिकाका वडाध्यक्ष नगेन्द्र संग्रौलाले ३० लाख जनसंख्या भएको स्थानमा मेडिकल कलेजको अनुमति दिनका लागि रोक्न नहुने बताएका छन् । वक्ता कृष्ण मिश्रले मापदण्ड पुरा गर्ने कलेजलाई सम्बन्धन दिन रोक्न नहुने बताए । उनले अनुगमन संयन्त्र प्रभावकारी पारेर अनुमति दिनुपर्ने बताए । प्रधानाध्यापक यदुनाथ अधिकारीले सम्बन्धनका लागि हजारौ जनता अनसन बस्न तयार रहेको बताए । बिद्यार्थी नेता रञ्जन धमलाले सामाजिक बहस घनिभुत बनाउन माग गरे । सहकारी अभियन्ता भवानी दंगालले राज्य नियन्त्रित शिक्षा र स्वास्थ्य हु्नुपर्ने बताए ।

वक्ता शार्दुल ओलीले बिदेशका मेडिकल कलेजमा भर्ना खेलेको बेलामा नेपालमा अनसनको नौटङकी हुने गरेको बताए । ‘बिगत हेर्नुस न, हरेक बर्षको यथार्थ हो अनसन, ओलीले भने–‘माफिया को रहेछ भन्ने त्यहीबाट थाहा हुन्छ ।’

कार्यक्रममा समाज झापा अधयक्ष अरुण श्रेष्ठ, बिर्तामोड नगरपालिकाका अर्का वडाध्यक्ष राजेन्द्र लिङदेन, प्रदेश सांसद एकराज कार्की लगायतले संरचना निर्माण भएका प्रतिष्ठानलाई अनुमति दिन रोक्ने नहुने धारणा राखेका थिए । नागरिक समाजले बिर्तामोडमा मेडिकल तथा इन्जिनियरिङ कलेजको आवश्यकताका बारेमा बृहत बहस चलाउने भएको छ ।

मेडिकल कलेजको अनुमति नदिन माग गर्ने त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसी १९ दिनदेखि अनसनमा छन् । उनको यो १५ औं अनसन हो । झापाका नागरिक अभियन्ताले गोविन्द केसीको अभियानको बिरोध गरेका छन् ।