पाँचथर । ट्राफिक नियम पालना गरी सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिकि प्रहरी कार्यालयलाई सन्देशमुलक स्टिकर हस्तान्तरण गरिएको छ । ‘ट्राफिक नियम पालना गरी जीवन रक्षा गरौं, असल चालक बनौं’ लेखिएको उक्त स्टिकर फिदिम स्थित मनश्वी होटलका सञ्चालक तथा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले १७ हजार मूल्य पर्ने स्टिकर प्रदान गरेका हुन् । बढ्दो सवारी चापलाई मध्यनजर गरी दुर्घटना कम होस भन्ने उदेस्यले स्टिकर प्रदान गरेको नेपालले बताए । नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त स्टिकर प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई हस्तान्त्ररण गरेका थिए । पछि अधिकारीले डिएसपी बामदेव गौतमलाई र गौतमले सवारी साधनमा राख्ने गरी ट्राफिक प्रहरी प्रमुख प्रेम कुमार शाहलाई हस्तान्तरण गरेका थिए ।