काठमाण्डाैं  । १९ दिनदेखि  अनशनरतप्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकाे भन्दै नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

पुर्ण अधिकार नभएका वार्ता टाेली संग गरिएकाे वार्ता डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउन मात्रै वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको भन्दै   एकदीने बन्द मार्फत सरकारलार्इ सम्बेदनसील बनाउन खाेजिएकाे संघले जनाएका छ ।

 चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ ।

सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ ।