मधुमल्ला/ मेला बजार भनेपछी सबै तिर बजारको आसपासमा गेठ, ब्यानर, तोरनले सजिएको हुन्छ तर दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नम्बर ६ मा पर्ने दशमि बजारमा लाग्ने राँके मेलामा भने न कुनै सजिसजाउ न त कुनै तुल र व्यानर तर बजार भर्नेको भने ठुलो भिडका साथ लाग्ने मेला हो राँके मेला । दक्षिणी इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ मा पर्ने दशमी बजारमा प्रत्येक वर्ष श्रावण २ गते ठुलो मेला लाग्ने गर्छ ।

यो मेला कहिले बाट र कसरी लाग्न थाल्यो भन्ने केही थाहा नभएको बताए चुलाचुली गा. पा. वडा नं. ६ का वडाध्यक्ष हेमन्त राई । आफु सानो छँदा देखी नै मेला लाग्ने गरेको र त्यस बेला देखीनै मेला के कसरी लाग्न सुरु भयो भनेर आफुले खोाजी गर्दा पत्ता लगाउन नसकेको राईले भने । आफुले आफन्ना बाजे र स्थानीय पुराना पाकाहरुसँग खोजी गर्दा समेत परा पुर्वकाल देखि मेला लाग्दै आएको र त्यसले निरन्तरता पाईरहेको स्थानीयहरु बताउँछन् । राँके मेलाको मुख्य विषेशताहरू भनेको बेसी क्षेत्रबाट आँप, कटर आल्चा लगायतका फलफुुलहरु ल्याउने र लेख क्षेत्रबाट झेलेआलु, साग, अंगुर स्याउ लगायतका फलफुलहरु आउने र एक आपसमा साटा-साट किन बेच गरी लाने ल्याउने प्रचलन रहि आएको स्थानीय वृद्ध पदम प्रसाद राईले बताए । समयको परिवर्तनसँगै पहिले पहिले कुम्ले व्यापारीहरुले भरिभराउ हुने मेला समयको परिवर्तनसँगै नयाँ परिवर्तनहरु आएको पार्ईन्छ । फुसको छानाले छाएको छाप्राहरुमा लाग्ने व्यपारलाई केही आधुनीकीकरले समय सापेक्ष अगाडी बढाएको छ । यस क्षेत्रको अर्को बिशेषता भनेको केशरीको रक्सी हो । केसरी एक प्रकारको प्राकृतीक बनस्पती हो । बर्खा याममा खेतीका दौरान थकीत भएर बसेका स्थानीयहरुले केशरीको रक्सी खाएर थकान भुलाउने जनविस्वास रहिआएको छ । राँके मेला भर्न इलाम, पाँचथर , धनकुटा, मोरङ र झापाबाट उल्लेख्य मात्रामा स्थानीहरुको उपस्थिती रहने गरेको राँके मेला व्यवस्थापन समितिका अध्यक्ष महेष राईले बत।