काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

१७ वर्षे क्रिकेटमा  सशक्त खेलाडीका रुपमा रहदै आएका शक्ति सन् २००२ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका  थिए । उनि अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन् । सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए । बढ्दो उमेर र फिटनेसका कारण अाफू अब खेल्न नसक्ने भन्दै सधैँ रहिरहने प्रण पनि  गरेका छन् ।

लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको एकदिवसीय सिरीजका लागि आयोजना भएको बिदाई कार्यक्रममा बोल्दै शक्तिले नेपालले खेल्ने पहिलो एकदिवसीय सिरीज करियरको अन्तिम श्रृखंला हुने बताए ।

शक्तिको बिदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ ।