गोरखा । गाेरखाकाे शहिद लखन गाउपालिका–६ स्थित घैरूङमा पहिराेले घर पुरिदा तिन जनाकाे ज्यान गएकाे छ ।

बुधबार बिहान  गएको पहिरोमा पुरिएर आठ महिने युनिक कुँवर, २० वर्षियअामा सरु कुँवर र १० वर्षिय प्रविना कुँवरको ज्यान गएको  हाे ।

घरकाे पछाडिकाे भाग पुरिसकेपछि छिमेकीले थाहाँ पाएर  कोठा फोडेर हेर्दा उनिहरूकाे ज्यान गइसकेको  स्थानियले बताका छन् ।

घटनास्थलमा पहिराेकै कारण अझैपनि नेपाली सेना तथा प्रहरीकाे टोली पुग्न सकेको छैन ।