पथरी । मोरङको कानेपोखरी गाउँपालिकाबाट साढे २० केजी गाँजा सहित तीन जना युवालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कानेपोखरी वडा नम्बर(४, धमकुवाबाट ३२ बर्षिय बमबहादुर लिम्बू, २१ बर्षिय रमेश कार्की र २७ बर्षिय शम्भू लिम्बूलाई पक्राउ गरेको हो । बमबहादुर लिम्बूले धमकुवामा बनाएको नयाँ घरमा बाहिर २ पोका भेटिएको र भित्र ताला लगाएको कोठामा निलो रंङ्को सुरकेशमा प्याक गरेर लुकाएर राखेको अवस्थामा गाँजा सहित उनिहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल वंजगाईले बताए । गाँजा कतैबाट ल्याएर राखेको र बिक्रिको लागी कतै लाने तयारीमा रहेको अवस्थामा सुचनाको आधारमा पक्राउ गर्ने सफल भएको र पक्राउ परेका व्यक्तिलाई लागुऔषध कारोबारमा मुद्दा दायर हुने इस्पेक्टर बजगाईले बताए । त्यसैगरी गत चैत १४ गते सोमबार कानेपोखरी वडा नं. ७ स्थीत चिंसाङ खोलाबाट ३० केजी गाँजा सहित दुईजनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको थियो । धनकुटा छिन्ताङग गाउँपालिका वडा नं २ वस्ने वर्ष १९ को राजन बिक र सोहि ठाउँमा बस्ने वर्ष २४ को धिराज राईलाई पक्राउ गरेको थियो ।