इटहरी । एम्बुलेन्स चालकले बिरामी तानातान गर्ने, जहाँ कमिशन बढी पाउँछ सोही अस्पताल लैजान जोड गर्ने गरेको, अनावश्यक दलाली गर्ने गरेको गुनासो प्रशस्तै सुनिन्छन् । अहिले एम्बुलेन्सहरु आकस्मिक सेवा सेवामुखी भन्दा पनि नाफामुखी बनेका छन् । अस्पताल अगाडी तछाडमछाड गदै विरामीहरुबाट मनपरी भाडा असुली गदै आएको नियमनकारी निकाय आफै स्वीकार गर्छ तर रोक्न भने तम्सिएको छैन । निजी क्षेत्रका एम्बुलेन्सहरु अस्पतालको गेट वरीपरी जम्मा भएर बस्ने र विरामी तानातान गरी कमीसन बढी पाउने ठाउँ लैजाने जस्ता क्रियाकलाप गर्ने गरेको पाइन्छ । निजी क्षेत्रका एम्बुलेन्स अव्यवस्थीत रुपले काम गरीरहेको र यसमा राज्यले पनि कुनै नियन्त्रण नभएकाले यस्तो समस्या आएको नेपाल रेडक्रस सोसाईटीका सुनसरी सभापति उमेश थापा बताउँछन । एम्बुलेन्स सेवा संचालन गर्ने संस्थाहरुले चालकलाई जिम्मा दिदै नाफामुखी बनेकै कारण दलाली बढेको उनको भनाइ छ । एम्बुलेन्समा २ सय २५ प्रतिशत भन्सार छुट भएकाले पैसा कमाउने उद्देश्यले समेत संघसंस्थाले एम्बुलेन्स राखेका छन् । रेडक्रस सोसाईटी सुनसरीकाकिरण कार्की कार्कीका अनुसार८४ वटा संघसंस्थाले सुनसरीमा एम्बुलेस खरिद गरेका छन। ९८ वटा बढि एम्बुलेन्स छ ती एम्बुलेन्स अस्पताल ढुकेर बसीरहेका हुन्छन कार्की भन्छन् । एम्बुलेन्सले भाडामा दलाली गर्ने गरेको गुनासो गर्ने गर्छन कार्कीले भने । सुनसरीमा एम्बुलेन्सको संख्या आवश्यक भन्दा बढी भएको उनको तर्क छ । २०६९ सालमा भाडा दर कायम गरीएको थियो । तर त्यो भाडादर कुनै एम्बुलेन्सले पालाना गरेका छैनन् उनी भन्छन् । नयाँ भाडादर पनि बनाईएको छैन। एम्बुलेन्सहरु कमिशनको लागी भाडावाला गाडी जस्तै अस्पताल अगाडी केन्द्रित भईरहेको नेपाल रेडक्रस सोसाईटीका इटहरी सभापति विमल पौडेलले बताए । संस्थाको नाममा आएको एम्बुलेन्स किनबेच भईरहेको कारण उनीहरुले मनपरी गदै आएको बताए । रातीको समयमा सर्वसाधरणहरुबाट बढी भाडा लिने गरीरहेको पौडेलको भनाई छ । थोरै भाडा आउँने ठाउँमा एम्बुलेन्स जाना मान्दैनन् यो बिक्रिती रोक्नु पर्छ पौडेलले भने । प्राईभेट एम्बुलेन्स समेत बढेको कारण अहिले विक्रिती फैलिएको उनको तर्क छ । जिल्ला जनस्वास्थ्य कार्यलय सुनसरीका एम्बुलेन्स फोकल पर्सन शेखर यादबले अस्पताल अगाडी गएर विरामी कुर्ने गरेको बताए । एम्बुलेन्स चालकहरु सेवामुखी भन्दा पनि पैसा कमाउँन लागेको भन्दै त्यस्ता एम्बुलेन्सलाई कार्वार्हीको दायरामा ल्याउँने बताए ।अत्यावश्यक पूर्वाधार नभएका एम्बुलेन्सको संख्या मात्रै बढेको छ, बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । भन्सार छुटमा भित्रयाइएको सेवामुलक साधानलाइ सेवामुलक बनाउन सम्बन्धित निकायले नामै मात्रको एम्बुलेन्स सेवालाई कानुनी दायरामा ल्याउँन सकेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सुनसरीमा एम्बुलेन्सहरुले जथाभाबी गरीरहेको गुनासो आफुहरु सँग आएको जनाए । एम्बुलेन्सहरुको बारेमा अनुगमन गर्ने तयारीमा छौ अन्य जिल्लाबाट समेत कडाई गछौ प्रजिअ उप्रेतीले भने । अस्पताल अगाडी विरामी कुर्ने एम्बुलेन्सलाई कानुन अनुसार कार्वार्ही गर्ने छलफल भईरहेको उनको भनाई थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १२ सदस्यीय एम्बुलेन्स सेवा संचालन समितिको गठन गरिएको हुन्छ ।

अनुगमनमा हेलचेक्राई नेपाल सरकार स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवा संचालन व्यवस्थापन तथा अनुगमन गर्न एम्बुलेन्स सेवा सञ्चालन निती २०६० र एम्बुलेन्स सञ्चालन निर्देशिका २०६९ जारी गरे पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । एम्बुलेन्स संचालन निती तथा निर्देशिकाले चालकको योग्यता र मापदण्ड अनुरुप सवारी चालक प्रमाणपत्र हुनुपर्ने, सवारी चलाएको ५ बर्षे अनुभव, २५ बर्ष उमेर पुगेको, प्राथमीक उपचारको तालीम लिएको र टूाफिक चिन्हको जानकारी भएको हुनुपर्ने तोकिए पनि यि सबै नियम लागु भएको पाइदैन । असहाय, गरिब र दुर्घटनामा परेका व्यक्तिलाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गरिनु पर्ने र एम्बुलेन्सले २४ घण्टा नै सेवा दिन तयार हुनुपर्ने भनिए पनि आपतमा परेकालाई समेत चर्को भाडा असुल्ने गरेको एक एम्बुलेन्स चालकले नाम नखुलाउँने सर्तमा भने । अधिकांस एम्बुलेन्स संस्थाबाट चालकले भाडामा लिई चलाउँदै आएका छन उनले भने । एम्वुलेन्सको व्यापक दुरुपयोग गरेको, मनपरी भाडा असुलेको, एम्वुलेन्सको मर्यादा कायम नराखेको, गाडीमा साईरन र बत्तीको व्यवस्था नभएको, अक्सिजन सम्म हुदैन उनी थप्छन् ।

एम्बुलेन्स निर्देशिका २०७३ के छ ? नेपालका अधिकांश एम्बुलेन्स सरकारी वर्गीकरण अनुसार ‘ग’ श्रेणीभन्दा पनि तल्लोस्तरको रहेकाले त्यसले दिने सेवासमेत निकै कमजोर रहेको छ । ‘ग’ वर्गको एम्बुलेन्सको चालक आकस्मिक उपचार र औषधिमा आधारभूत तालिम लिएको हुनै पर्नेछ । एम्बुलेन्समा प्राथमिक उपचारका सामग्री, अक्सिजन सिलिन्डर, फलो मिटर, मास्क भएको वा आवश्यक परे राख्न सकिने सवारी साधन चाहिने छ । नसामा सुई दिन सक्ने व्यवस्थाका साथै शय्यासमेत बनाउन सकिने स्टूेचर, स्टेथोस्कोप, रक्तचाप नाप्ने यन्त्र, टर्चलाइटको व्यवस्था पनि ‘ग’ वर्गको एम्बुलेन्सको मापदण्ड हो । तर अधिकांस एम्बुलेन्समा अक्सिजन बाहेक केहि हुदैन । हाल उपलब्ध एम्बुलेन्समा बिरामी अस्पताल जानु वा ट्याक्सी आदि अन्य कुनै गाडीमा जानुमा कुनै फरक छैन ।’