पानवारी । मेयर तारा सुब्बाको निधनपछि धरान उपमहानगरले दुई दिनका लागि शोक विदा दिने निर्णय गरेको छ । उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक विदासँगै नगर कार्यपालिकामा नेपालको राष्ट्रिय झण्डा एकहप्तासम्म झुकाउने निर्णय गरेको प्रेस संयोजक काफ्लेले जानकारी दिए ।

नगरसभाकाे अाकस्मिक बैठकले  सुब्बाकाे निधन अकल्पनीय तथा असामिक भएकाे भन्दै पीडादायी घडीमा नगरबासी, सुभेच्छुक, विभिन्न राजनीतिक दलहरू समेतकाे तर्फबाट श्रद्धाञ्जली समेत व्यक्त गरेकाे छ । बैठकले परिवारसँग समन्वय गरी पार्थीव शरिर उपमहानगर परिसरमा राखी नगरकार्यपालिकाले श्रद्धाञ्जली अर्पण गर्ने र धरान-१२ स्थित पब्लिक माविकाे मैदानमा राखेर नगरबासीले श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेकाे छ । त्यस्तै श्रद्धाञ्जली अर्पण गर्न उपमहानगरपालिकामा २ गतेदेखि ७ गतेसम्म शाेक पुस्तिका राख्ने, दाहसंस्कार गरेकाे भाेलीपल्ट श्रद्धाञ्जली सभाकाे अायाेजना गर्ने, नगर कार्यपालिकाकाे कार्यालयमा ७ दिनसम्म राष्ट्रिय झण्डा अाधा झुकाउने, शव अन्त्येष्टि गरेकाे दिन र भाेलिपल्ट धरान उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ ।