विराटनगर । बचतकर्ताले जम्मा गर्न दिएको करडौं रुपैयाँ अपचलन गर्ने विराटनगरस्थित प्राइम सहकारी बचत तथा ऋण सहकारी लिमिटेडको मुख्य सञ्चालकहरु फरार रहेका छन् । सहकारीको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य व्यवस्थापक तथा सहकारीका सचिब इश्वर श्रेष्ठ, उपाध्यक्ष विष्णुप्रसाद सुवेदी र सदस्य तेजप्रसाद भन्ने सन्तोष ढकाल फरार भएका हुन् । प्रहरीले उनीहरुको खोजी गर्दै आएपनि हालसम्म पक्राउ परेका छैन् ।

सहकारीको करडौं घोटला प्रकरण

लामो समयदेखी विराटनगर – ९ बाटारोडमा सञ्चालनमा आउँदै गरेको सहकारीले १ सय ८ जना बचतकर्ताको जाहेरीमा १ करोड ६६ लाख ५६ हजार २५ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले जानकारी दिए । उनीहरुले सहकारीमा बचत गरेकोे पैसाँ अपचलन गरेको ७ जना सञ्चालक विरुद्ध मोरङ प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी मध्धे उक्त सहकारीको घोटला प्रकरणको मुख्य मान्छे इश्वर र विष्णु प्रसाद रहेको स्रोतको दाबी छ । जाहेरी दिएको लामो समय हुँदा पनि अहिलेसम्म सहकारीको करडौं रुपैयाँ अपचलन गर्ने मुख्य मान्छेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित निराश भएका भएका छन् । सहकारी मुख्य व्यवस्थापक श्रेष्ठ, सुवेदी र ढकाल पक्राउ नपर्दा आफुले जम्मा गरेको पैसाँ नपाउने हो कि भन्दै बचतकर्ताहरु चिन्तित भएका छन् । सहकारिका व्यवस्थापक तथा सचिब समेत रहेका इश्वरले आफन्त, नजिकको मान्छेको नाममा लाखौं रुपैयाँ आफैले कर्जा लिएर बचतकर्ताको जम्मा गरेको पैसाँ लिएर फरार भएको बताइएको छ । जाहेरी आधारमा सहकारी अध्यक्ष इन्द्रलाल श्रेष्ठलाई प्रहरी १७ जेठमा नियन्त्रणमा लिएको थियो । अमेरिका बस्दै आएका इन्द्रलालले भने सहकारीबाट पुस ४ गते नै राजिनामा दिएको पत्र फेला परेको छ । मटुको विरामी रहेका उनको उपचार विराट अस्पतालमा भइरहेको छ । यता मोरङ प्रहरी डिएसपी थापाले सहकारीको अपचलन गरि फरार भएका सञ्चालकहरु खोजी गर्दै आएको बताए । थप अनुसन्धान गर्न प्रहरीले केही दिन अगाडी सहकारीको कागजपत्र समेत जफत गरि अहिले अनुसन्धान गर्दै आएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा आएको प्राइम सहकारीले बचतकर्ताको लाखौ रुपैयाँ लिएर सञ्चालक फारर भएपछि लामो समयदेखी सहकारी बन्द भएको थियो । बन्द भएको सहकारीको सम्पूर्ण काजगपत्र जफत गरि अहिले उक्त सहकारी शिलबन्धी गरेको छ । सहकारीमा एक जना बचतकर्ताले १० लाख रुपैयाँ भन्दा बढी जम्मा गरेको छन् । लामो समयसम्म आफूहरूले बचत गरेको रकम दिन नमानेको भन्दै पीडितले सहकारी डिभिजन कार्यालयमा समेत उजुरी दिएका थिए । ७ सय ७३ सेयर सदस्य रहेको सहकारीको सेयर पूँजी १ करोड ४ लाख, निक्षेप संकलन ७ करोड र ऋण परिचालन ९ करोड रहेको डिभिजन सहकारीमा बुझाएको प्रतिवेदनमा उल्लेख छ ।