एजेन्सी/यशराज ब्यानरको ‘ठग्‍स अफ हिन्दोस्‍तान’ को सुटिङमा करीब २ सय करोड खर्च भएको छ । सुत्रका अनुसार, फिल्मका लागि १८ औँ शताब्दीको भारतको सेट पनि तयार पारिएको थियो । फिल्मसँग जोडिएका अलग-अलग टीमका व्यक्तिले यसको पुष्टि गरेका छन् । सबैभन्दा बढी खर्च एक्सन सिनमा भएको छ । फिल्मको इटलीको माल्‍टा, थाइल्याण्डको बैंकक, भारतको जोधपुर र गोवाको मल्टिपल लोकेशनमा सुटिङ गरिएको छ, जसमा महंगो बजेट खर्च भएको छ ।

देश र विदेश गरि कुल ४५ स्टन्ट परफर्मर, बडि डबल, फाइट कोरियोग्राफर र एक्सन डाइरेक्टर हायर गरिएको छ । तर, निर्देशक विजय कृष्‍ण आचार्यले यस फिल्ममा मोटो रकम खर्च गर्नका लागि आदित्य चोपडासँग अनुमती लिएका छन् । सुत्रका अनुसार, ‘ठग्‍स अफ हिन्दोस्‍तान’ मा बढी एक्सन ‘दंगल’ गर्ल फातिमा सना शेखको छ । उनले तरवार चलाउन, कुस्ती खेल्न र भालाबाट लडाईँ गर्नका लागि चार महिनाको तालिम लिएकी थिइन् । दुई महिनाको सेड्यूल आमिर खानको थियो । यस्तै, अभिनेता अमिताभ बच्चनले पनि दुई हप्ता ट्रेनिङमा लिए । फिल्ममा बिग बीले आफ्नो बढीजसो स्टन्ट आफैंले दिएका छन् । दर्शकले फेरि एकपटक उनको पुरानो चिर परिचित एंग्री म्यानको अवतार देख्न पाउनेछन् ।