इटहरी । अनसनरत वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीको आन्दोलन प्रति ऐक्यवद्धता जनाउँदै नेपाल मानव अधिकार संगठन सुनसरीले सोमबार इटहरीमा दिप प्रज्वलन गरेको छ ।

इटहरी चौकमा भएको कार्यक्रममा माथेमा प्रतिवेदन कार्यान्वयन गर, अनसनरत डाक्टर केसीको जीवनरक्षा गर लगायतका नारा लेखिएको प्लेकार्ड लिई नागरिक अगुवाहरु सडकमा उत्रिएका थिए ।

मानव अधिकार संगठनको आयोजनामा भएको कार्यक्रममा नागरिक समाज इटहरी, इटहरी जेसिज, इटहरी लेडि जेसिज लगायतका संघ संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल मानव अधिकार संगठनका पूर्व राष्ट्रिय अध्यक्ष आनन्द आचार्यले डा. केसीले गाउँ-गाउँमा डाक्टरी पढाई हुनुपर्ने, गरिब विद्यार्थीहरुको पनि चिकित्सक अध्ययनमा सहभागिता हुनुपर्ने माग राखे ।

कार्यक्रममा जिल्ला अध्यक्ष बिरेन्द्र साहले सरकारले डा.केसीको माग गरी जिवनको रक्षा नगरेसम्म आफुहरु खबरदारी गरीरहने बताए । आगामि दिनमा प्रभावकारी कार्यक्रमहरु गरिदै जाने उनको भनाई थियो । डाक्टर केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै पछिल्लो समयमा विभिन्न संघ संस्थाहरुले बिरोध गरीरहेका छन् । सरकारले केसीको आन्दोलनप्रति बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।