काठमाडाै । वर्षको अन्त्यमा अन्धाधुन्ध खर्च गरेर विनियोजित बजेट रित्याउने सरकारी कार्यालयहरुको पुरानो शैलीले यस वर्ष पनि निरन्तरता पाएको छ।

चालु वर्षको अन्तिम दिन असार ३१/३२ गते चेक काट्न रोक) गते मात्र देशभरका सरकारी कार्यालयले ३३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। यसमध्ये पुँजीगत खर्च २७ अर्ब ६२ करोड र चालु खर्च ५ अर्ब ८३ करोड रुपैयाँ हो। एकै दिन यति ठूलो रकम खर्च भएको मुलुककै इतिहासमा पहिलोपटक हो।

सरकारले असार १ गतेसम्ममा पुँजीगत बजेट एक खर्ब ५९ अर्ब रुपैयाँ खर्च गरेको थियो। असार एक महिनामा मात्र ९६ अर्ब खर्च गरेको छ । यस्तै असार १ गते मा चालु खर्च ६ खर्ब १९ अर्ब रुपैयाँ गरेकामा असारभरिमा ७५ अर्ब रुपैयाँ गरेको छ । दुवै जोड्दा असारमा १ खर्ब ७१ अर्ब रुपैयाँ खर्च हुन अाउछ ।

अर्थ मन्त्रालयले काम हुनेबित्तिकै बिलअनुसार रकम भुक्तानी गर्न र वर्षको अन्त्यमा जथाभाबी खर्च नगर्न बारम्बार तोकेता गर्दै आए पनि सबै मन्त्रालयले अटेरी गर्दै आएका छन्। अर्थ मन्त्रालयले जस्तै संसदीय समितिहरु र महालेखा परीक्षकको कार्यालयले लामो समयदेखि वर्षको अन्त्यमा हुने खर्चमा गुणस्तरीय काम नभएको र अनियमितता पनि हुने गरेको बताउँदै त्यसलाई रोक्न निर्देशन दिँदै आएका छन्।

कतिपय आयोजनाहरुले दिएको भुक्तानीलाई महालेखाले बेरुजु पनि औंल्याएको छ । तर वर्षको अन्त्यमा हुने खर्च भने प्रत्येक वर्ष बढ्दै गइरहेको छ।

गत वर्ष असार अन्तिम तीन दिन ९२९, ३० र ३१० मा पुँजीगत र चालु गरी ४६ अर्ब रुपैयाँ खर्च भएको थियो। यसमध्ये पुँजीगत ३५ अर्ब र चालु ११ अर्ब रुपैयाँ थियो । चालु वर्षको अन्तिम दिन असार ३१ मा पुँजीगत बजेट मात्रै साढे २७ अर्ब रुपैयाँ खर्च गरिएको छ।