घटना नं. १:  पूर्वकै नाम चलेका व्यापारी इटहरीका सुनिल अग्रवालले २०७२ चैत २२ गते आत्माहत्या गरे । व्यापारमा आर्थिक क्षती भएपछि डिप्रेसनको औषधी खादै थिएपंखामा झुन्डिएर आत्माहत्या गरेका थिए ।

घटना नं. २: इटहरीमा हार्डवेयर व्यापार गदै आएका सन्तोष गौतमले आर्थिक समस्या परेपछि अपहरणमा परेको नाटक रचेर परिवार र ससुराली पक्षबाट पैसा लिए । पछि प्रहरीले अपहरणको नाटक रचेका गौतमलाई पक्राउ गरि मुद्दा चलायो ।

घटना नं. ३: इटहरीमा २५ बर्षदेखि रुची हार्डवेयर सञ्चालन गदैं आएका भारतीय नागरिक अरविन्द अग्रवाल ग्राहकले सामान खरीद गर्न जम्मा गरेको पैसा लिएर नौं फरार भए ।सामान दिन सेवाग्राहीबाट लिएको दस करोड हाराहारी तिर्नुपर्ने रेकर्डमा छ ।

यी माथिको घटना त उदाहरण मात्र हुन् । इटहरीको अनिल हार्डवेयर ,संदिप टूेर्डस,नवदुर्गा हार्डवेयर लगायतका धेरै हार्डवेयर व्यापारी पलायन भएका छन । ठुलो लगानीमा खोलिएको अधिकांस हार्डवेयरमा आर्थिक जोखिम बढेको ब्यावसायीहरु बताउँछन । बढ्दो उधारो कारोबार रोक्न समेत ब्यावसायीहरु एकजुट भएका हुन । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायीले गुनासो गरेका छन । हार्डवेयरमा उधारो कारोबार बढेको भन्दै रोक्न पिडीसी चेक खरिदकर्ताबाट लिने निर्णय सोमबार इटहरीमा रिपोटर्स क्लब सुनसरीमा भएको साक्षत्कार कार्यक्रममा सुनाए । ‘इटहरी क्षेत्रमा बग्रेल्ती हार्डवेयर पसल छन् । यी पसलले स्थीर तरिकाले काम गर्न सक्ने अवस्था छैन,ु हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघका कोषाध्यक्ष तथा कोहिनुर प्लाईका सञ्चालक मुक्तिनाथ दाहालले भने, ‘व्यवसायीको आर्थिक जोखिम कम गर्न अबदेखि अग्रीम चेक भुक्तानी गर्ने निर्णय भएको छ ।’ अग्रीम चेक भुक्तानी हुँदा आर्थिक जोखिम कम हुन्छ उनी भन्छन् । ब्यावसायमा राजश्वले समेत दुख दिईरहने गरेको उनी बताउँछन । हार्डवेयर ब्यावासाय बाँकीको ब्यापार गर्ने ठाउँ हो भनेर उपभोक्ताहरुको बुझाई भयो उनी थप्छन् । व्यवसायी पनि सुरक्षित हुनुपर्छ भनेर सवै जना संगठीत भएर नीतिगत निर्णय गरेर अघि बढ्न अग्रीम चेक भुक्तानीबाट मात्र कारोबार गर्न लागेको हो संघका अध्यक्ष तथा एभरेष्ट हार्डवेयरका सञ्चालक भोलानाथ निरौलाले भने । बैकबाट लिएको ऋणले सताउने गर्छ‘हामी व्यवसायी सुरक्षित हुन लागेका हौं उनी भन्छन् । धेरै हार्डवेयर ब्यापारीहरु विस्थापित हुदैछन् हामी ब्यावसायीलाई सुरक्षित बनाउँन चाहान्छौ अध्यक्ष निरौलाले भने ।पहिला इटहरीमा ५ देखि १० वटा मात्र हार्डवेयर थियो अहिले २ सय भन्दा बढि हार्डवेयर खुली सक्यो उनी भन्छन् । हार्डवेयर व्यवसायीले सामान ढुवानी गरे वापतको रकम उपभोक्ताबाटै असुल्ने पनि निर्णय गरेको जनाए । यसअघि कतिपय व्यवसायीले निःशुल्क ढुवानी गर्दै आएको भएपनि अव देखि भने ढुवानी खर्च वापत छुट्टै रकम लिने निर्णय भएको एसएन टूेडसका सञ्चालक तथा संघका सचिब तारा कटुवाल बताउँछन । साउन १ गतेबाट लागु हुने गरी हार्डवेयर व्यवासायीले सिमेन्टको प्रतिबोरा २०, रड प्रति बन्डल ५० र टाली प्रति कार्टुन (सानो ठुलो) १०–२० रुपैयाँ लिने संघका सचिव कट्वालले जनाए ।