इनरुवा । सुनसरीको गढी गाउँपालिकाको कार्यालयले आ.व. २०७५÷०७६कालागि अनुमानित ३२ करोड ७ लाख २९ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय औराबनीले गाउँ सभाबाट पारित आ.व.२०७५÷०७६को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले सार्वजनिकिकरण गर्नु भएको बजेट नीति तथा कार्यक्रममा पूर्वाधार विकास तथा निर्माण, पर्यटन प्रर्वद्धन, सहज र सूलभ स्वास्थ्योपचार, गुणस्तरीय शिक्षा जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । वडागत विकाससँगै समृद्ध गढी बनाउने दीर्घगामी सोचकासाथ बजेट तथा कार्यक्रम ल्याइएको अध्यक्ष यादवले बताए । गाउँपालिकाले आ.व. ०७५।०७६ कालागि कुल ३२ करोड ७ लाख २९ हजार अनुमानित बजेट विनियोजन गरेको छ । कुल आय मध्ये नेपाल सरकार बाट रु.२७ करोड २५ लाख ,प्रदेश सरकार बाट रु. १ करोड ८२ लाख २९ हजार ,आन्तरिक स्रोत तर्फ रु. १ करोड र ०७४।०७५को मौज्याद रु. २ करोड रहने अनुमान गरेको छ । कुल व्यय रु. ३२ करोड ७ लाख २९ हजार मध्ये चालु खर्च तर्फ रु. १६ करोड ४५ लाख र पुजीगत खर्च तर्फ रु. १५ करोड ६२ लाख २९ हजार रहने अनुमानित बजेट बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र भट्टराईले जानकारी दिए । वडा कार्यालयहरु तर्फ आ.व.०७५।०७६कालागि चालु खर्च तर्फ रु. ६१ लख ५१ हजार र पंूजिगत तर्फ रु ३ करोड २८ लाख ५१ ह्जार वजेट तोकिएको गाउँपालिकाले जनाएको छ । गढीको बजेटमा आर्थिक बिकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान,उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने ,जनताको जिवनस्तर, आमदानी र रोजगार बढाउने, जनसहभागीता तथा स्वयंसेवा परिचालन तथा लागत कम, भाषिक तथा सास्कृतीक पक्षको जर्गेना र सामाजिक सदभाव तथा एकता अभिवृद्धि र स्थानिय स्रोत साधनको पहिचान गरी अधिकतम उपभोग गर्ने जस्ता विषयलाई प्राथमिकतामा राखिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । पूर्व मंत्री तथा सुनसरी क्षेत्र नम्वर २ का सांसद बिजयकुमा गच्छदार प्रमुख अतिथि रहेको कार्यक्रममा प्रदेशसभा सदस्य अगमलाल चौधरी, सुमित्रा विश्वास लगायतको उपस्थिती रहेको थियो ।