विराटनगर । सार्वजानिक सवारी साधनमा चप्पल लगाएर सवारी कुदाउँदै हुनुहुन्छ भने होसियार रहनुहोला ! अब चप्पाल लगाएर सवारीसाधन कुदाउँन नपाउने नियम ट्राफिक प्रहरीले लागु गरेको छ । सवारी कुदाउँदा चप्पाल लगाएको पाइए ट्राफिक प्रहरीले नियम अनुसार कारवाही गर्ने भएको हो । यो नियम आज मंगलबारदेखि मोरङमा लागु हुने र अब सवारी चालकले अनिवार्य रुपमा जुक्ता लगाएको हुनुपर्ने जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख शिवप्रसाद पोखरेलले जानकारी दिए । ‘दुर्घटना न्युनिकरण गर्न चालकले अनिवार्य रुपमा जुक्ता लगाएको हुनुपर्ने नियम लागू गरेको हो,’ मोरङका ट्राफिक प्रमुख पोखरेलले भने, ‘चलाकले ट्राफिक नियम पालना नगर्दा धेरै दुर्घटनाहरु भएको छ । दुर्घटना रोक्न सरोकारवालहरुसँग छलफल गरि यो नियम लागु गरेका हौं ।’ पोखरेलले सार्वजनिक बसमा अपांग, महिला, वृद्धवृद्धा मैत्री हुनुपर्ने बताए । यसको लागि सार्वजानिक बसले महिला, वृद्धवद्धा र अपांगको लागि छुटै सिटको व्यवस्था गरेको हुनुपर्ने छ । ‘सार्वजानिक बसबाट यात्रहरु ठगिएको जनसुनासो आउने गरेको छ,’ उनले भने, ‘यात्रु ठगिनबाट जोगिन सार्वजानिक सवारी साधनमा भाडादर उल्लेख गरिएको हुनपर्ने नियम लागु गरेका छौं । यो नियम साउन १ गतेदेखी लागु हुने जानकारी दिदै पोखरेलले उक्त नियमको उल्लंघन गरेको पाइए नियमानुसार कारबाही हुने बताए । उनले भने, ‘पहिलो चरणमा सवारी चालकलाई सम्झाउने काम गर्नेछौं । एक सता पछि सवारी साधनले नियम कार्यन्वयन नगरे कारवाहीको प्रक्रिया अगाडी बढाउनेछु,’ उनले भने । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सोमबार विराटनगरमा पत्रकारसम्मेलन गरी दिएको जानकारी अनुसार साउन १ गतेदेखि विराटनगरको फुटपाथका पसल हटाउने, पार्किङको व्यवस्थापन गर्ने, हाइवेका होटल तथा रेष्टुरेन्ट अगागि पार्किङ गर्न नदिइने, हस्पिटल अगाडिको सडकमा पार्किङ हटाउने पनि जानकारी दिए । महानगरपािलकाको ट्राफिक व्यवस्थापन गर्न महानगरपालिकासँग समन्वय गर्ने, जथाभावि राखिएका निर्माण सामाग्री पनि हटाइउने उनले जानकारी दिए ।

ट्राफिक चौकदेखी जलजलामोडसम्म पार्कीङ निषेध विराटनगरको व्यस्त बजारमा पर्ने ट्राफिक चौकदेखी जलजला मोडसम्मको बाटोको दुवै तिर साइडमा पार्किङ्ग गर्न नपाउने भएको छ । पार्किङ्ग व्यवस्थीति गरि सवारी आवगमनलाई सहज पु¥याउन यस्तो नियम लागू गरेको ट्राफिक प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिकाको ट्राफिक चोकदेखि जलजलारोडसम्मको एकतर्फी सडकलाई दुइतर्फी आवत जावत गरिने भएको छ । सडकमा गरिने पार्किङलाई व्यवस्थित गरिएको कारण दुई चक्के सवारी साधनका लागि दुईतर्फी आवागमनमा सहज भएको हो । यद्यपि तीन र चार चक्के सवारी साधनका लागि भने एकतर्फी मात्रै खुल्ला गरिने प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । ट्राफिक प्रहरीले विराटनगरको ए प्लट, बी प्लट र नमस्कार होटल अगाडी खाली रहेको जग्गामा पार्किङ्ग स्थल बनाएको छ ।

ट्राफिक प्रहरीको अचारणमा सुधार ल्याउने मोरङ ट्राफिक प्रहरी प्रमुख पोखरेलका अनुसार ट्राफिक प्रहरीको आचरणमा सुधार ल्याउने बताएका छन् । उनका अनुसार ट्राफिक प्रहरीले सवारी चालकसँग शिष्ट व्यवहार गर्ने बताए । ‘ट्राफिक प्रहरीले चेकिङ्गमा रुखो बोली बोल्ने जनगुनासो आउने गरेको छ,’ उनले भने, ‘चालकसँग शिष्टचार व्यवहार गर्नेछौं ।’ ट्राफिक प्रहरीले आचारणमा सुधार नगरे कारवाहीको भागीदार बन्ने उनको भनाई थियो ।