काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन–३ मा डेढ अर्ब रुपैयाँ बराबरको दुई आयोजना निर्माणका लागि सम्झौता भएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य आयोजनाका लागि सम्झौता भएको हाे ।

ढल निर्माण कार्यअन्तर्गत भरतपुृर महानगरपालिकामा रिङरोड बनाइने भएको छ । प्याकेज १ को सम्झौता गत १५ असार र प्याकेज २ को सम्झौता २६ असारमा भएको हो । दुवै प्याकेजको काम ०७७ असार मसान्तसम्म सक्ने सम्झौतामा उल्लेख छ ।