ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा स्थित चाँगे स्वास्थ्य चौकीमा ल्याव तथा भिडीयो एक्स रे सेवा सुरु गरिएको छ । आर्थिक अभावका कारण त्यतिकै थन्किएको मेसिन मर्मतका लागि सो गाउँपालिकाको वडा नं ४ र ५ ले आर्थिक सहयोग भएपनि शेवा सुरु गरिएको हो । अव चाँगे स्वास्थ्य चौकीवाट नैरगतको परिक्षण, दिशा पिसाप,टाईफाईट र खकार आदिको परिक्षणका साथै गर्भवती महिलाको लागिभिडीयो एक्स–रे सेवा रहेका छन । गाउँमै यस्तो स्वास्थ्य सुविधा आएपछि स्थानिय सर्वसाधारण र सेवाग्राहीलाई सदरमुकामलगायत झापा ,धरान तथा विराटनगरका अन्य अस्पतालहरुमा गई सेवालिनु पर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट विगत ३ बर्ष अगाडी नै ल्याब उपकरण तथा सामग्री उपलब्ध भएपनि केमीकल र प्राविधीक समस्याका कारण व्यवस्थापन समितिले सो सामाग्री त्यतिकै थन्क्याएर राखेको थियो । साथै कर्मचारीलाई समेत आफ्नै कोषबाट पारिश्रमीक दिनुपर्ने भएकाले सेवा दिन नसकेको व्यावस्थापन समितिका अध्यक्ष प्रजापति आङ्वुहाङले जानकारी दिनुभयो । सो शेवालाई चालु गर्न आठराई त्रिवेणी गाउँपालिका वडा नंं ४ र ५ बाट एक एक लाख रुपैयाँ रकम विनीयोजन भएको छ । यो स्वाथ्यचौकीले अन्य अस्पतालको तुलनामा सुलभ रुपमा नै सेवा प्रदान गर्ने आङ्बुहाङले दावी गर्नुभयो ।स्वास्थ्य चौकीमा शेवा सुरु भएको पहिलो दिन नै ४० जना स्थानियको रगत परिक्षण गरीएको तथा २० जना गर्भवतीको भिडीयो एक्स–रे गरीएको छ । स्थानिय दिपेश आङ्वुहाङका अनुसार गाउँमै स्वास्थ्य चौकी आएपछि स्थानियले स्थानिय सरकारको महसुस गरेका छन् । “धेरै पहिले देखि मेसिन थन्किएको थियो, अहिले वडाले पैसा दिए पछि चल्न सुरु भयो ।” उनि भन्छन् “गाउँ मै सरकार आएपछि हामीलाई सजिलो भयो ।”यस अघि गाउँपालिका भरि नै यस्तो शेवा दिने स्थान थिएन । सो क्षेत्रका विरामीहरु जिल्ला सदरमुकाम फुङलिङ, पाँचथर, इलाम, झापा, विराटनगर लगायतका स्थानमा जानुपर्ने वाध्यता रहेको थियो ।