झापालाई पूर्ण खोप सुनिश्चिता घोषणा

alt
  • असार २७, २०७५
  • ८ पटक पढिएको
  • ब्लाष्ट खबर

जिल्ला खोप समन्वय समिति तथा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले ५० औ जिल्लाको रुपमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा भनि घोषणा गरेका छन् । २०७२ बैशाख ९ गते साविक धाइजन गाविसबाट पूर्ण खोप सुनिश्चिता घोषणा सुरु गर्दै विगत चार बर्षको अवधिमा झापालाई पूर्ण खोप सुनिश्चिता जिल्ला गर्न सफल भएको जनस्वास्थ्य कार्यालय झापाका प्रमुृख मधुसुदन कोइरालाले जानकारी दिए । उनका अनुसार विसिजी खोपतर्फ ९९.९ प्रतिशत, डिपिटी हेप बी हिब खोपतर्फ ९१.२ प्रतिशत, दादुरा रुबेला खोपतर्फ ८७.५ र जनपानजिज इन्सेफलाइटिस खोपतर्फ ८५.९ प्रतिशत चालु आर्थिक बर्षमा प्रगति भएको छ । जिल्लाको हकमा पूर्ण खोप ९० प्रतिशत लक्ष्य पूरा भइसकेको छ । चालु आर्थिक बर्षमा साविक नगरपालिका र गाविसका १७ हजार ३६० बच्चाहरुलाई खोप लगाई र छुट भएका २०६ जनालाई फेरी खोप लगाई नेपाल सरकारको लक्ष्य अनुसार पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकेको उनले बताए । साथै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणामा सहयोग पुर्याउने झापाका १५ स्थानीय तहसहित स्वास्थ्य संस्था, विद्यालय, पत्रकार महासंघ झापलाई समेत प्रशंसापत्रले सम्मानित गरेका थिए ।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved