भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण र स्थायी राजधानी छिट्टै तोक्न प्रदेश सरकार विभिन्न चरणमा  बार्ता तथा छलफल गरिरहेको बताएका छन्  । झापा जिल्लालाई पूर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्न बुधबार झापाको भद्रपुरमा आएका राइले यस्तो बताएका हुन् । झण्डै एक बर्ष बित्न लाग्दा समेत प्रदेश सरकारले नामकरण र राजधानी तोक्न नसकेको प्रति आफू गम्भिर भएर लागि परेको भन्दै अब वस्ने प्रदेश सभाले टुङ्गो लगाउने उनले ठोकुवा गरेका छन् । नामकरण सगै गुरु योजना बनाएर देशकै नमुना प्रदेश बनाउन दिनरात लागि परेको उनले उल्लेख गरेका थिए ।

उनले स्वास्थ्य र समृद्धिसँगै नमुना देश बनाउन तीनै तहको सरकार लाग्नु पर्नेमा जोड समेत  दिएका छन् ।

उनले अर्को प्रशङ्गमा पूर्ण खोप सुनिश्चिता जिल्लाहरु घोषणा गरेर मात्र नपुग्ने भएकोले हामीले सबै प्रकारका रोग, समस्या, अभाव र गरिबीबाट मुक्त गराउँर्दै समृद्धि र स्वास्थ्य नागरिकको देश बनाउनु पर्ने आजको आवश्यक्ता औल्याएका थिए ।

प्रदेश सरकारले स्वास्थ्य प्रर्वद्धन बर्ष घोषणा गरिसकेको बताउँदै यसलाई सामाजिक विकास मन्त्रालय अन्तरगत विभिन्न कार्यक्रमहरु प्रदेशभरी सञ्चालन भइरहेको जानकारी गराएका थिए ।

दिनरात जनताको घरदैलोमा पुगेर स्वास्थ्य सम्बन्धी काम गर्ने स्वास्थ्य महिला स्वयमसेविका पीडाको बिषयमा प्रदेश सरकार गम्भिर भएको उनको धारणा थियो  । स्थानीय तथा संघीय सरकारसंगको सहकार्यमा महिला स्वयमसेविकाको सेवा र योगदानको उच्च मुल्याकन र कदर चाडै हुनेमा उनले विस्वास दिलाए ।

 मन्त्री राइले बोलीरहेको समयमा सहभागिलाई वितरण गर्न ल्याइएको भेष्ट, टोपी, गाम्छालाई जनस्वास्थ्यका कर्मचारीले लुछाचुडी गर्दै झोलामा राखेको दृष्यले सहभागिहरु लज्जित भएका थिए ।

 कार्यक्रममा सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।