पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा ६ महिना अगाडी मात्रै स्थापना भएको साहारा नेपाल नामक सहकारी संस्थाले बित्तिय कारोवार बढाउँन सफल भएको छ ।

कार्यालयले ६ महिनाको अवधिमा  एक करोड २१ लाख ३५ हजार २८५ रुपयाँ लगानी गरेको छ । संस्थाले गाउँपालिकामा ४८ वटा समुहका सात सय १९ जना सदश्यहरुलाई कर्जा प्रबाह गर्दै आएको छ । समुहमा आबद्ध सदश्यहरुले आयआर्जन क्षेत्रमा रिर्ण लिने गरेका छन । गाउँघरमा उत्पादन हुने कृषि, पशुपालन र ब्याबसायमा लगानी गर्नको लागि रिर्ण लिने गरेको संस्थाले बताएको छ । बिपन्न बर्गका समुदायलाई लक्षित गर्दै कर्जा प्रबाह गर्दै आएको संस्थाले ७ वटा समुहका सातै जना महिलाहरुलाई सुत्केरी भत्ता पंन्ध्रसयका दरले रकम बितरण गरेको साहारा नेपाल यासोक साखा प्रमुख मदनकुमार श्रेष्ठले बताए । कार्यालयको नियम अनुसार पहिलो र दोस्रो सन्तान जन्र्म दिने महिलाहरुको लागि मात्रै रकम प्रदान गरिएको श्रेष्ठको भनाई छ । यसै गरि वडा नं एकका दुई घर आगलागी पिडित परिवारलाई प्रति घरधुरी पाँच हजारको दरले रकम प्रदान गरेको सो सस्थाले जनाएको छ । कुम्मायक गाउँपालिकामा दर्जन बढि बित्तिय कारोवार गर्ने संघ सस्थाहरु रहेका छन् । त्यसमा पनि छोटो समयमा करोडौंको कारोवार साहारा नेपालले गर्न सफल भएको छ । प्रदेश न. एकलाई कार्य क्षेत्र बनाई काम गर्दै आएको संस्थाले हाल सम्म ६ वटा जिल्लाका ६० वटा साखा मार्फत सेवा प्रबाह गर्दै आएको छ । संस्थामा एक लाख ३५ हजार ८४३ सदश्यहरु रहेका छन् ।