दर्शकको मन जित्दै वेभ सिरिज माई बेस्ट फ्रेन्ड

alt
  • असार २७, २०७५
  • १६ पटक पढिएको
  • ब्लाष्ट खबर

पथरी । वेभ सिरिज माई बेस्ट फ्रेन्ड सिरिजले अहिले युटुबमा दर्शकहरुको मन जित्दै गएको छ । साकेवा मुभिजको ब्यानरमा ज्योतीराज राई प्रस्तुतकर्ता र रमु श्रेष्ठ राई निर्माता रहेको सो सिरिजले दर्शकहरुको मन जित्न सफल भएको हो । एक नम्बर प्रदेशको झापा जिल्लाका स्थानीय कलाकारहरुको भूमिका रहेको यो सिरिज झापा जिल्लामै स्टन मिडियाले निर्माण गरिरहेको छ । मोफसलमा रहेका स्थानीय प्रतिभाहरुलाई अगाडी ल्याउनको लागी नै यो सिरिजको निर्माण गरेको प्रस्तुतकर्ता ज्योतीराज राईले बताएका छन् । हाल सम्म नौं भाग युटुबमा अपलोड भैसकेको यो सिरिज निर्माण कर्ता राईले हाल यसबाट केही फाईदाको अपेक्षा गरेको छैन, मोफसलमा रहेका भाई बहिनिहरुको प्रगती नै मेरो सन्तुष्टि हो, उनिहरुलाई यसरी अवसर दिन पाउँदा आफुलाई सबै भन्दा धेरै गर्भ महसुस भएको उनले बताइन । त्यसो त पछिल्लो समय ईन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेपछि युटुबको बजार बढेको छ, अहिले कतिले पैसा कमाउनको लागी युटुबमा कार्यक्रम बनाएर अपलोड गर्छन, भने कतिले लुकेर रहेका प्रतिभालाई आम दर्शक माझ ल्याउनको लागी कार्यक्रमहरु बनाउने गर्छन । तर साकेवा मुभिजले भने नितान्त मोफसलमा रहेका प्रतिभाहरुलाई देश बिदेशमा रहने आम दर्शक माझ चिनाउनको लागी यो सिरिज निर्माण गरेको प्रस्तुतकर्ता राईले दाबी गरेका छन् । साकेवा मुभिजको अफिसियल युटुब च्यानलामा निरन्तर अपलोड भैरहेको यो सिरिजमा पटकथा संवाद प्रयास घिमिरे र भुवन सिंह राई कथा ,निर्देशन, एडिट, क्यमेरा किरण राईको रहेको छ,संगीत अनिस श्रेष्ठ छ । साहायक एडिट सुरेस राई छ भने भुवन सिंह राई ,रोस्मिता श्रेष्ठ ,प्रयास घिमिरे ,सलिना गुरुङ ,सुरेस राई मेघा लिम्बु ,सिला राई ,युनिसा अधिकारी ,स्मृति पोख्रेल ,अन्जान राई , विवेक बिष्ट ,सारदा राई , सागर थापा मगर , सन्जय श्रेष्ठ ,नवीन बास्कोटा निर्मल खड्का शेखर राई,अन्जान राई,बिबेक विष्ट र निर्मल खड्का लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

कार्यवहाक मेयर भण्डा ...

धरान / जनसहभागितामा धरान–१५ स्थित बाँझगरा मा ...

‘नेपाल आइडल’को फाइन ...

धरान  / सिङगिङ रियालिटी शो ‘नेपाल आइडल& ...

धरानमा मोटरसाईकल दुर ...

धरान / धरान–१२ स्थित नेपाल टेलिकम कार्यालय अगाडी ...

निःशुल्क सीप परीक्षण ...

धरान /  सरकारले विदेशमा विभिन्न सीप सिकेर फर्केक ...


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2018 - Blastkhabar.com All rights reserved