मधुमल्ला । मोरङ मिक्लाजुङ गाउँपालिकाले गत असार ८ गते प्रस्तुत नीति कार्यक्रम तथा आ.ब. २०७५÷०७६ का लागि प्रस्तुत् बजेट दोस्रो गाउँसभा सोमबार आवस्यक संशोधन सहित सम्पन्न भएको छ ।

गत असार ८ गते प्रस्तुत नीति तथा कार्यक्रम र ८ ओटा विधयेक पास गर्दै सम्पन्न भएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले जानकारी दिनु भयो । प्रस्तुत ८ वटा विधयेक हरुमा आर्थिक विधयेक, बिनियोजन विधयेक, आर्थीक कार्यविधी नियमीत गर्ने विधयेक, कृषि व्यवसाय प्रर्वधन विधयेक, सहकारी विधयेक, प्रशासकिय कार्यविधी नियमित गर्ने विधयेक, शैक्षिक व्यवस्थापन कार्यपिधी विधयेक र उपभोक्ता समिति गठन तथा परिचालन काार्यविधी विधयेक २०७५ गाउँ सभा बाट पास भएको गाउँपालिकाका प्रवक्ता नगिन्द्र कार्कीले बताउनु भयो ।

मिक्लाजुङ गाउँपालिकाले चालु आ.ब. २०७५÷०७६ का लागि कुल बार्षिक बजेट ३५ कारोड ३१ लाख २३ हजार चार सय पचास रहेको छ । कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवी प्रसाद आचर्यको सभापतित्वमा सम्पन्न भएको थियो ।