गाउँपालिकाको मुख्य योजना सडक र पूर्वधार नै हो : अध्यक्ष ताराबहादुर काफ्ले

मोरङ जिल्लाको भौगोलिक अवस्थालाई हेर्दा पूर्वपश्चिम राजमार्ग अन्तगतले छुने उत्तर पूर्वि क्षेत्रमा कानेपोखरी गाउँपालिका रहेको छ । यहाँ माथिल्लो भाग पूर्वपश्चिम सिमाना सम्म वनले ठाकेको छ । यहाँको ऐतिहासिक कानेपोखरी भनेर परिचित छ । भलुवा सिमसार,कानेपोखरी सिमसार र कालिकोशी सिमसार यहाँको प्रमुख पर्यटक स्थलको रुपमा विकास गर्ने योजनामा रहेको छ । गाउँपालिकाको प्रमुख आयश्रोतको रुपमा सिमानामा रहेको पश्चिममा चिंसाङ खोला र पूर्वमा डाँसखोला रहेको छ । केरौन गाविस,होक्लाबारी गाविस र वयरवन गाविस गरी तीन गाविस मिलाएर कानेपोखरी गाउँपालिका बनेको छ । गाविस सचिव,  गाविस अध्यक्ष, क्याम्स लेक्चर हुदै क्याम्पस प्रमुख सम्मको अनुभव रहेको ताराबहादुर काफ्ले अहिले कानेपोखरी गाउँपालिकाको प्रमुख हुनु भएको छ । गाउँपालिकाको सेरोफेरोमा रहेर दिनेश सुब्बाले गाउँपालिकाको अध्यक्ष ताराबहादुर काफ्लेसँग गरेको कुराकानी :– 

१. अहिले गाउँपालिका के काममा व्यस्त रहेको छ ?

 बर्षभरीको योजनाहरुको समिक्षा गर्दै, नयाँ योजनाहरु निमार्ण गर्न कार्य भैरहेको र नीति तथा कार्यक्रम निमार्ण गरिरहेको छौँ । चालु आर्थिक बर्षको योजनाहरुको अनुगमण गरेर योजनाहरु फरफराक गर्न व्यस्त रहेको छ ।

२.स्थानीय सरकार चलाउनु भएको एक बर्ष बित्न लाग्योे, चुनावमा जनतालाई दिएको आश्वासन कतिको पुरा गर्नु भयो ?

चुनावमा हामीले जनताको घरघर गएर दिएका प्रतिवद्धता क्रमश पुरा गर्दै जानेछौँ । केही पुरा हुर्दैछन् भने अरु क्रमश पुरा गर्ने योजना बनाएका छौँ । मुख्य भौतिक पुर्वाधारको कुरा गरेका थियौँ यस बर्ष सबै वडाहरुमा प्रारम्भ भएको छ । पुल कल्भर्ट, कालोपत्रे पक्की सडकहरु,खानेपानी,बिजुली लगाएत सबैवडामा निरन्तरता दिएका गरेकाछौँ काम हुदैँ छ । सुकुम्बासी अव्यवस्थीत बसोबास सम्बन्धि समिति बनाएर काम सुरु गरेको छ । गाउँपालिकाको भवन निमार्णको लागी उचित स्थानमा जग्गा खरिद गरेर व्यवस्थापन गर्न समिति बनाएका छौँ त्यस समितिले काम सुरु गरेको छ । जेष्ठ सदस्य,बालबालिकाहरुको सन्र्दभमा अन्तरक्रिया र छलफल गरिरहेको छौँ । हामीले प्रतिवद्धता गरेका कुराहरु प्रारम्भ भएको पुरा भएको छैन ।

३. तपाई साविक बयरवन गाविसको पूर्व गाविस सचिव हुनुहुन्थ्यो, अहिले त्यही गाउँपालिकाको अध्यक्ष हुनुभएको छ । के फरक पाउँनु भएको छ ?

 पहिले प्रशासनीक कामकारबाहीहरु गाविसमा नभएर कतिपय जिल्ला र केन्द्रहरुबाट हुने गरेको थियो भने अहिले ७ ओटै वडाबाट हुन्छ यहि फरक छ । शिक्षा,स्वास्थ,पशु,महिला बालबालिकाहरुको काम यहीबाट हुने गरेको जनताले महसुस गरिसकेको छ । पहिले बिकास निमार्ण बजेट थोरै हुन्थ्यो अहिले बजेटको भोल्युम धेरै बढेको छ । त्यसले गर्दा अहिले एक बर्षमै गाउँपालिकाको सातैवटा वडा बिकासले गतिलिएको छ ।

४. गाउँपालिकाको मुख्य योजनाहरु केके थिए र अव केके हुने छ ?

धेरै योजनाहरुमा लगानी गरेका छौँ ती मध्ये गाउँपालिकाको मुख्य योजनाहरु सडक पूर्वधार नै हो । चालु आर्थिक बर्षमा पनि गाउँपालिकाको मुख्य योजनाहरु सडक पूर्वधार नै रहने छ । गाउँपालिकाको सबै सडकहरु व्यवस्थीत गर्दैछौँ ।

५. चिंसाङ र डाँस खोलाको बर्षेनी बाढीको त्रासमा हुन्छन्, बाढीको कारण कतिको घरहरु उठिबास र कतिले ज्यान समेत गुमाई सकेका छन् । यी दुई खोलामा के योजना बुन्नु भएको छ ?

कानेपोखरी गाउँपालिका पश्चिममा चिंसाङ र पूर्वमा डाँसखोलाले बर्षेनी जमित,जनधनको क्षेती गर्दै आएको छ । यसको रोकथामको लागी चालुआर्थिक बर्षमा १ करोड लगानी गरेका छौँ । यस पटक पनि गर्ने छौँ । तर यो लगानी खोला ठुलो क्षती धेरै  भएकोले यस खोलामा गाउँपालिकाको लगानी बालुवामा पानी भए झैँ भएको छ । प्रदेश र केन्द्रिय स्तरबाट दिर्घकालिन योजना बनाएर राकथाम गर्नु आवश्यक छ । बिगतमा जिल्ला स्तरीय बाढी नियन्त्रण निकायहरुले डिपिआर तयार गरिसकेको छ । यसको पहल कदमी भैरहेको छ । प्रदेशमा दिर्घकालिन योजना पठाई सकेका छौँ । केन्द्रमा पनि पठाउँने तयारीमा छौँ ।

६. बिकास निमार्णमा प्राबिधिक कारण गाउँपालिकाबाट धेरै दुःख पाएको जनताको गुनासो छ नि ? 

चालु आर्थिक बर्षमा गाउँपालिकामा योजना धेरै भए । ३४१ वटा योजना र इन्जीनियर, सव इन्जीनियर र असिस्टेन सब इन्जीनियर गरी ३ जना मात्र प्राविधिक भएको कारण अलिकति कठिनाई भाकै हो । प्राविधिकले जति काम गनुपथ्यो सिघ्र र छिटो गर्नु पथ्र्यो त्यो गर्न सकिएना । अर्को उपभोक्त समितिले केके गर्ने के नगर्ने भनेर उपभोक्ताहरुलाई हामीले तालिम दिन पनि सकेनै । उपभोक्तहरुलाई तालिम दिएर अघि बढेको भए सहज हुने थियो । र अर्को कुरो योजनाहरुको दररेट आफै निमार्ण गरेका थिएनौँ किन भने कानूनी रुपमा आफै निमार्ण गर्ने अधिकार थिएन । अहिलेको योजनाहरु संचालन गर्ने दररेट जिल्लको हो । यस पटक दररेट हामी आफै गर्ने छौँ । संघिय सरकारले प्रत्येक वडामा सव ओभरसियर राख्ने दरबन्दी कायम गरेको छ । यस पटक बेलैमा उपभोक्ता समितिहरुलाई योजना कसरी संचालन गर्ने भन्ने बारेमा तालिम दिने छौँ समस्याको हल हुनेछ ।

७.छुटिएको कतिपय योजनाहरु स्टीमेट गरिए अनुसार नै निमार्ण गरेपनि ३० प्रतिशत रकम नपुग्ने र उपभोक्त समितिले विचमा काम रोक्नु पर्ने हुन्छ । यो के कारणले होला ? 

योजनाको दररेटको कारणले योजनाको रकम अपुग भएको हो । दररेट अलिक पुरानो भयो विचमा समिक्षा गर्नु पथ्यो भएन । कानून लागु भयो कार्तिकमा योजनाको काम भने कार्तिक भन्दा अघि देखि भएकोले दुईखाले दररेट भएकोले गाउँपालिका बाध्यभएर पनि समस्या भएको हो । अव त्यस्तो हुदैँन ।

८. प्राविधिकै कुरो गर्दा योजनाको स्टीमेट अंग्रेजीमा भएको कारण पढ्न नसकेर उपभोक्ता अलमलमा परेर दुःख पाएको गुनासो छ, यसलाई नेपालीमा गर्न मिल्दैन ?

उपभोक्ताको यस्तो गुनासो धेरै आएको थियो । नेपाली करण गर्ने भनेर छलफलमै छौँ । नेपाली करणको स्टीमेट बनाउँदा उपभोक्ताहरुलाई सहज हुन्छ भनेर प्रशासकीय अधिकृत र इन्जीनियरलाई भनि सकेको छु ।

९.योजनाहरु जनताले थाहानै नपाई समय वितेका पनि पाइएको छ, त्यो जनता वा जनप्रतिनिधिहरु कस्को कम्जोरी हो ?

बजार व्यवस्थापन र सार्वजानीक शौचालय निमार्णको योजना समय विते पछि मात्र जनताले थाहा पाए भन्ने गुनासा पनि आएको थियो । केन्द्रिय वजेट हो । सवै योजनाको कामहरु वडाअध्यक्षहरुबाटै हुन्छ । वडाअध्यक्षहरु वडाको वजेटमै व्यस्त भएको कारण त्यता तिर ध्यान नदिएरै होला । बजार व्यावस्थापन समिति पनि गाउँपालिकामा सम्पर्क नगरेकै कारण योजनाको काम हुन नसकेको हो । आगामी बर्ष त्यस्तो हुदैन ।

१०.यो सरकारले आदिवासी जनजाती,लक्षित बर्ग र बालबालिकामा बजेटमा कन्जुसाई गर्नु भयो भन्ने गर्छन् नि ? छुट्याईएको रकम किन खर्च नगरेका उनिहरुले ?

आदिवासी जनजातीहरुको लागी हामीले ठुलो रकम छुट्याएको छौँ । उहाँहरुले काम नगरेको मात्र हो । आदिवासी जनजाती,महिला र बालबालिको सामाजीक सेवा अथवा लक्षित वर्गको सामाजिक सुरक्षा सम्वद्ध कार्यक्रम हो । आदिवासी जनजाती,महिला र बालबालीको रकम वितरण मुखि भएको छ । हामी वितरण मुखि नभएर यो शिपसँग सम्बन्धित कुनै प्रविधि,ज्ञानसँग समेट्ने कार्यक्रम रहोस भनेका थियौँ । तर पनि कति पया क्रियाकला वितरण मुखि नै भयो । आदिवासी जनजातीको लागी २५ लाख छुट्याएका थियौँ तर काम गर्न सकेन । भाषा, कला र संस्कृतीमा २० लाख र लक्षित बर्गलाई ५ लाख विनियोजन गरेका थियौँ । आदिवासीको नेताहरुलाई मौखिक,सभा समारोहमा भेटेरै भन्ने गरेका थिए तपाईहरु भाषा,पाठशाला चलाउनु होस, विद्यार्थीलाई कापिकलम, शिक्षकलाई पारिश्रमिक गाउँपालिकाले दिन्छ भनेर भनेका थिए तर सक्रिया देखाएन । ठुलो संख्या भएको जाती लिम्बू, धिमाल र संथाल जातीलाई विशेष प्राथमीकता दिएका थियौँ । कायृक्रमको कुनै चासो नगरेपछि हामीले त्यो रकम आदिवासी जनजातीको भवन निमार्णमा १० लाख दिएका छौँ ।

११. गाउँपालिकाको केन्द्रको रुपमा रहेको रमाइलो चौकमा नत सार्वजानीक शौचालय छ, नत बसपार्क के छ योजना?

 बसपार्कको विषयमा जग्गा महगो भएकोले त्यसको अध्ययन गरिरहेको छौँ । सार्वजानीक शौचालय पनि चौकको आसपासमा बनाउने अध्ययन गरिरहेको छौँ । यहाँ जेष्ठ सदस्यहरुको पनि समस्या रहेको छ ।

१२. कानेपोखरीले फोहोर मैला कहाँ व्यावस्थापन गर्ने गरेका छन् ?

यहाँको समस्या भनेको फोहोर मैला व्यावस्थापन हो । यसको व्यवस्थापनमा हामी सवैले चासो देखाएका छौँ । डम्पीङ साइडकोलागी जग्गा खोजी गर्दा सबैले नाक खुम्च्याउँछन् । ठिलोचाडो यसको पनि व्यवस्थापन गर्ने छौँ ।

ताजा अपडेट