रंगेली । प्रदेश १को सरकारकोे अन्तर प्रदेश बासिन्दाहरुको समान सुरक्षा व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सोमबारको संसदमा बैठकमा छलफल भएको छ । सरकारका तर्फबाट सदनमा उक्त विधेक प्रस्तुत गरेका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले संविधानको धारा १८ र २३३ कोे व्यवस्था अनुसा विधेयक ल्याएको बताए । संविधानको धारा १८ र २३३ द्वारा निर्देशित भएकोले आवश्यक सबै विषय बस्तु विधेकमा समेटिएको सदनमा जानकारी गराएका थिए । उनले एक नम्बर प्रदेशमा अन्य प्रदेश र विदेशबाट आएका नागरिकको  हकमा के गर्ने भन्ने व्यवस्था विधेयकमा भएकोे जानकारीदिए । कानुन मन्त्री कार्कीले विधेयक माथिको सैद्धान्तिक छलफल पछि कुनै विषेश समुदायलाई विशेष सुविधा दिने आधार पनि यहि विधेयकमा  भएको बताए । छलफलमा सांसद विमल कार्कीले एउटा समुदाय मात्र बसोबास गरेका क्षेत्रहरुको संरक्षण गर्न त्यस क्षेत्रको जमिन बाहिरबाट आउनेलाई बेचन नपाइने व्यवस्था कानुनमा हुनु पर्ने माग गरेका थिए । नियन्त्रण नगरे त्यस्ता क्षेत्र व्यापारी र पुजीपतीको हातमा पुग्ने बताए । उनले विधेयक विषय गत समितिमा दफादार छलफलमा पठाउन समेत माग गरेका थिए । साथै छलफलमा सासद शान्तादेवि पौडेल र राजकुमार ओझाले पनि बोलेका थिए ।