सेप इभेन्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा विराटनगरको नमस्कार होटलमा आज सोमबारदेखि दुई दिने १२ औं ‘सेप भारतीय शैक्षिक मेला’ सुरु हुँदैछ । प्रत्येक वर्ष प्रालिको आयोजनामा भारत तथा भारत बाहिर र नेपालमा गरि १९ वटा स्थानमा शैक्षिक मेला हुँदै आएको छ । मेलाको तयारी र यसको विशेषताबारे सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक सञ्जय थापासँग गरिएको कुराकानी ।

दुई दिने शैक्षिक मेला कस्तो मेला हो ? काठमाडाैं पछि विराटनगरमा हुन लागेको १२ औं भारतीय शैक्षिक मेला हो । भारतीय युनिर्भिटी तथा कलेजहरूमा पढ्न चाहने नेपाली विद्यार्थीका लागि यो अवसर हुनेछ । मेलामा भारतका ३० भन्दा बढी कलेज तथा युनिभर्सिटीको सहभागीता रहनेछ । मेलामा आउनेले भारतामा भएका र नाम चलेको कलेजहरूको कोर्षदेखि अध्ययन गर्न कति शुल्क बारेमा विस्तृत जानकारी पाउँछन् । यस मेलामा ५ सयभन्दा बढी विषयका बारेमा जानकारी लिन पाइन्छ । भारत भरी कलेज खोजी गरिरहनु भन्दा यस मेलामा आएर सम्पूर्ण कलेजको बारेमा जानकारी लिन पाउनु अवसर हो ।

मेलामा भारतको कुन–कुन स्थानका कलेजको सहभागिता रहन्छ ? मेलामा भारतको कलकता, पन्जाब, तमिलनाडु, बैङ्ग्लोरलगायतको भारतको विभिन्न प्रान्तमा रहेका नाम चलेका युनिर्भसल कलेजको सहभागिता रहन्छ । जसमा विद्यार्थीले मन परेका कलेजकाबारेमा जानकारी लिनुको साथै कोर्षको बारेमा बुझ्न सकिन्छ । त्यसको साथै विद्यार्थीलाई लागेको जिज्ञासा पनि कलेजका प्रिन्सिपल तथा निर्देशकलाई प्रत्यक्ष रुपमा राख्न पाइने व्यवस्था यो शैक्षिक मेलामा रहेको छ ।

अरू बेला पनि विराटनगरमा शैक्षिक मेला हुँदै आएको छ । सोमबारदेखि हुँदै गरेको मेलामा के फरक हुन्छ ? हामीले गर्दै आएको शैक्षिक मेला अलिक भिन्न छ । हाम्रो प्रा.लि.ले शिक्षा मन्त्रालयाबट स्विकृत लिएर मात्र शैक्षिक मेला गर्दै आएको छ । हाम्रो मेलामा आउने कलेजको बारेमा मन्त्रालयमा पनि जानकारी गराउँदछौं । जसले गर्दा कुन कलेज राम्रो नराम्रो भन्ने कुरा मन्त्रालयलाई पनि जानकारी हुन्छ । अर्को कुरा भनेको भारतीय शैक्षिक मेला भारतसँग जोडिएको छ । हामीले मेला आयोजना गर्दा भारतीय दुताबाससँग पनि स्वीकृत लिएका हुन्छौं । तर, यी नियम पालना गरि शैक्षिक मेला आयोजना गर्ने कमै हुन्छन् । अर्को कुरा भनेको हाम्रो प्रालिले विद्यार्थी भर्ना गर्ने काम कहिले पनि गर्दैन । हामी सोझै कलेजसँग विद्यार्थीलाई सम्पर्क गरिदिने गर्दछौं । तर यहाँ जति पनि शैक्षिक मेला हुन्छ उनीहरूले आफैं भर्ना गर्ने प्रचलन छ ।

शैक्षिक मेलाबारेमा अभिभावक र विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ? शैक्षिक मेला भनेको विद्यार्थीको भविश्य चुन्ने अवसर हो । भारतको सम्पूर्ण विश्व विद्यालयबारेमा पूर्ण जानकारी लिने अवसर पनि हो । भारतको सबै प्रान्तबाट कलेजका प्रमुखको उपस्थिति हुन्छ । अभिभावक ज्यहरुलाई के भन्न चाहन्छु भने तपाइँहरूको नानीलाई भारतमै पढाउन चाहनुहुन्छ भने एक चोटी शैक्षिक मेलामा आएर पूर्ण जनकारी लिनुहोला । यस्तो मेला भनेको जानकारी प्राप्त गर्ने मेला हो । यस मेलाबाट सम्पूर्ण कलेजको बारेमा जानकारी लिएपछि तपाईहरूले निर्णय लिने कुरा हो । कसैले भनेको आधरमा उनीहरूको लहीलहीमा लागेर निर्णय नगर्नुहोस् । पूर्ण रुपमा बुझेर मात्र आफ्नो नानी र आफ्नो बारेमा निर्णय गर्नुहोला । त्यसको साथै हामीले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि केहीलाई लक्कि ड्र मार्फत् मोवाएल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्नेछौं । त्यसैगरी मेलामा सम्पर्कम आएर भर्ना हुने विद्यार्थीको लागि ५० देखी १०० प्रतिशतसम्म छात्रवत्ती प्रदान गर्दै आएको छ ।