इटहरी । भत्ताको प्रलोभनमा ट्रिपर चालकले तीव्र गतिमा सवारी चलाउँदा सडक दुर्घटना धेरै हुने गरेको छ । कमिसनको लोभमा धेरे पटक ढुङ्गा गिट्टी वोक्ने प्रतिस्पर्धा गर्दा दुर्घटना बढिरहेको ट्राफिक प्रहरी कार्यालय बताउँछ । तर नियन्त्रणमा ध्यान गएको छैन । चालू आर्थिक वर्षमा मात्रै २५ वटा ट्रिपर दुर्घटना भए । जसमा १५ जना यात्रुको मृत्यु भयो । चालु आर्थिक वर्षको हालसम्म झापामा धेरै ट्रिपर दुर्घटना भएको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ । झापामा मात्र ९ वटा ट्रिपर दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । झापामा २०७४ कार्तिक २२ गते टिूपरको ठक्करबाट इन्द्रप्रसाद योङहाङ,२०७४ साल पुसमा लाक्पा लामाको टिूपरकै कारणले मृत्यु भएको टूाफिक तथ्याकमा उल्लेख छ । त्यस्तै झापामै २०७४ माघ ३ गते गौरभ ताजपुरयिा,२०७४ चैत्र १ गते सन्तोष थापा, माघ १४ गते कुलदिप, २०७४ चैत्र १५ गते संदिप यादबको टिूपरकै कारण ज्यान गयो । त्यस्तै २०७५ बैशाख ११ गते झापाकै सुबोध परियार, २०७५ असार १० गते झापाकै लक्ष्मण खतिवडा र २०७५ असार १८ गते झापाकै विवेक बराल र नेलसन भण्डारीको टिूपरकै ठक्करले मृत्यु भएको क्षेत्रीय टूाफिक प्रहरी कार्यलय इटहरीका असई ज्ञानु देउजाले बताए । त्यस्तै मोरङमा २०७४ कार्तिक २० गते ज्योतीकुमारी यादब र मोरङमै २०७४ मंसिर १६ गते मुकुन्द्र सुबेदीको टिूपरको ठक्करले मृत्यु भयो । सिराहमा २०७४ साल पुल २३ गते अबदुल खानको टिूपर दुर्घट्नामा मृत्यु भयो । २०७४ माघ १३ गते ओखलढुङ्गामा टिूपर बिहारसिंह तामाङलाई ठक्टर दिएर मृत्यु भयो भने २०७४ माघमै सुनसरीका संजु आलेमगरले टिूपरको ठक्करकै कारण ज्यान गुमाउँनु परेको टूाफिक प्रहरीका असई देउजा बताउँछन । टिूपर देख्यो कि आफैंलाई डर लागेर आउँछ इटहरीमा भेटिएकी स्कुटर चालक मुना श्रेष्ठ भन्छिन । ठूलो टिूपरका अगाडि स्कुटर चलाउँदा डर लाग्छ उनी थप्छिन । उनी मात्र हैन अधिकांश दुईपाङ्ग्रे सवारी चालक हिजोआज सडकमा टिूपर देख्दा आत्तिने गरेका छन । टूाफिक प्रहरीका अनुसार अधिकांश टिूपर चालक कम उमेरका भएकाले गैरजिम्मेवारीपूर्ण तरिकाले चलाउँछन । लेन मिच्ने, गलत तरिकाबाट ओभरटेक गर्नाले समस्या आउँने गरेको सवारीचालकहरु बताउँछन । पूर्वाअञ्चल टिूपर ब्यावसायी संघका महासचिब शिव पोखरेललेसडकका कारण दुर्घट्ना बढेको जनाए । टिूपर दुर्घट्ना हुनु बाटो घाटोको समस्याले पनि हो उनले भने । संघमा ४ सय टिूपर आबद्ध भएको भन्दै उनले टिूपर दुर्घट्नामा मृत्यु धेरै भईरहेको भने स्वीकार गरे । सडकमा गुड्ने अन्य सवारीलाई कसरी हिड्नु पर्छ भन्ने ज्ञान पनि छैन त्यस कारण पनि सडकमा दुर्घट्ना बढ्दै छ पोखरेल भन्छन् । सवारी चालकहरुलाई तनाबमा सवारी नचलाउँ भनेका छौ पोखरेलले भने । क्षेत्रीय टूाफिक प्रहरी कार्यलय इटहरीका प्रमुख राजकुमार लम्सालले टिूपर चालकहरु सानो उमेरका भएका कारण पनि दुर्घट्ना बढेको बताउँछन । प्राय राम्रो चालक विदेश जान्छन् अहिले टिनेजरहरुले चलाएका सवारी धेरै दुर्घट्नामा परेका छन उनी भन्छन् । टिूपरले धेरै मोटरसाईक चालकलाई ठक्कर दिईरहेको उनको भनाई छ । सडक साधुरो छ खाल्डाखुल्डी छ सडक सुधारको साटो दिनानुदिन बिग्रदो अवस्थामा त्यो पनि दुर्घट्नाको कारण हो एसपी लम्सालले थपे । सवारी चालकको लापरर्वाहीले धेरै दुर्घट्ना हुदै आएको भन्दै अहिले कडाई गर्ने थालिएको जनाए ।

भत्ताले गराउँछ तिब्र गति निर्माण सामग्री ओसार्ने टिपरहरू खेपपिच्छे पैसा बटुल्ने उछिनपाछिनमा लागेपछि बढी दुर्घटना गराउने र ज्यान लिने ’खतरनाक’ सवारी बनेका छन् । टिपरहरू जति खेप ओसार्यो, त्यति बढी कमाउँछन् । आम्दानीको लोभमा एकै दिन बढी टिप भ्याउन खोज्छन् । कामको चाप बढेपछि टिपर व्यवसायीले चालकलाई भत्ता दिन थालेका छन् । टिूपर चालकले प्रतिखेप पाँच सयदेखि १५ सय रुपैयाँसम्म भत्ता पाउँछन् । दिनभरिमा जसले जति खेप ओसार्न सक्यो, कमाइ उति बढी हुन्छ । यस्तो व्यवसायी र चालकका होडबाजीले टिूपरको गति बढेको एक टिूपर ब्यावसायी नाम नभन्ने सर्तमा भन्छन् । टिूपरको बढी शिकार मोटरसाइकल, स्कुटर, साइकल चालक तथा पैदलयात्रु भइरहेका छन् । यस्ता सवारी टिूपरको आवाजले नै हड्बडाउँछन् । साना सवारीलाई पेल्ने प्रवृत्ति उत्तिकै छ । महिलाले स्कुटर चलाएको देख्यो भने अझ बढी पेल्न खोज्छन् । यसले गर्दा पनि दुर्घटना वढेको छ । टिूपर सिकारुले समेत चलाउनाले पनि दुर्घटना बढ्दै गएको टूाफिक प्रहरीको भनाई छ । जथाभावी चलाउने, ओभरटेक गर्ने गर्दा पनि टिूपरले साना सवारी साधनलाई पटक(पटक ठक्कर दिने गरेका छन् ।