थाइल्याण्ड ।  थाइल्याण्डमा चिनिया पयर्टक बाेकेकाे डुङगा दुर्घटनामा परी मृत्यू हुनेहरूकाे संख्या ३७ पुगेकाे छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुर्घटनामा परेका दुई डुङ्गामा अधिकांश पर्यटकहरू रहेका थिए । दुवै डुङ्गामा गरी कुल १३३ जना यात्रु रहेका बताइएको छ । दुर्घटनामा परेर मृत्यु भएका र हराइरहेका मध्ये अधिकांश चिनियाँ पर्यटक रहेको अधिकारीहरूले जनाएका छन् । डुङ्गामा धेरैजसो चिनियाँ नागरिक रहेको सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले पनि पुष्टी गर्नुभएको छ । थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले धेरैलाई उद्धार गरिएको र हराईरहेकाहरुको खोजी भईरहेको जानकारी दिनुभयो । हराएकाको खोजीका लागि थाइ प्रहरी, सैनिक, नौसेना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाइ सरकारी स्रोतले जानकारी दिएको छ । –––