भद्रपुर । डा प्रहरी कार्यालय भद्रपुरले भारतीय उत्पादित ८ सय १२ किलो चियापत्ती सहित गाडी बरामद गरेको छ । गोप्य सुचनाको आधारमा गएको प्रहरी गस्ती टोलीले भद्रपुर ७ स्थित अन्जनीमोडबाट बरामद गरिएको प्रहरीले जनाएको छ । मे १ ज २७५८ नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा विहीबार अपरान्ह् साढे तीनबजे सामान नियन्त्रणमा लिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । बेवारिसे अवस्थामा फेला पारेको २५ बोरामा रहेको भारतीय उत्पादित चियाको अनुमानित एक लाख २१ हजार ८ सय मूल्य कायम गरि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको उनले जानकारी दिए ।