पाँच पटकको विजेता ब्राजिललाई हराउँदै बेल्जियम विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ ।

ब्राजिलले शुक्रबार भएकाे खेलमा अनगाेल गरेपछि १-० ले पछि परेकाे अवस्थामा पुनः अर्काे गाेल काउण्टर अट्याकमा खाएकाे थियाे ।

नेसर चार्डीको कर्नरमा फर्नान्डिन्होेले आत्मघाती गोल गरे । भिन्सेन्ट कम्पोनीको हेड बल उनको काँधमा लागेर गोल हुन पुगेको थियो । यो रुस विश्वकपको १० औं आत्मघाती गोल हो ।

फर्नान्डिन्होका म्यानचेष्टर सिटीका टिममेट डि ब्रुडेनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा रोमेलु लुकाकुले दिएको पासमा उनले डि बक्स बाहिरबाटै गोल गरे ।

रोमाञ्चक खेलको सुरुमा नै ब्राजिलको प्रहार पोष्टमा लागेको थियो भने थिएगो सिल्भाले गोल गर्ने मौका गुमाएका थिए ।

खेलको ७६ औं मिनेटमा काउटिन्होको पासमा रेनाटो अगुस्टाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउन आश देखाएका थिए ।

तर, जर्मनीबाट सुरु भएको ठूलो टिमहरु घर फर्कने क्रममा रोकिएन । आइतबार नै उरुग्वेसँगै ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएका छन् ।